Tuesday 2 September 2014

गाउँले र रामबहादुर बम्जनका अनुयायी बीच झडप, ४ जना घाइते (भिडियोसहित)

भाद्र १७- बारा  बारामा आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जनका अनुयायी र स्थानीयबीच झडप हुँदा चारजना घाइते भएका छन । हलखोरिया जंगलमा बम्जनका अनुयायीले स्थानीयलाई जगंलमा नसोधी हिंडेको भन्दै समात्ने र कुटपिट गर्ने गरेपछि झडप भएको हो ।

बम्जनका अनुयायीहरुले स्थानीय उतिम गुरोलाई हात बाँधेर बन्धक बनाइ रातभर निर्घात कुटेको खुलासा भएपछि आज बिहान जंगलमा पुगेका स्थानीय र बम्जन पक्षबीच झडप भएको हो ।

झडपमा बम्जनका अनुयायी समिर गुरुङ, रुपबहादुर थिङ, लामा
बालक र गाउँलेतर्फ राकेश गुरो घाइते भएका छन । स्थानीयलाई बन्धक बनाएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । बम्जनले भने आफ्ना केटाहरुबाट कमजोरी भएको भन्दै माफी मागेका जनाइएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID