Sunday 28 September 2014

बिहानिपखको सेक्सले फुर्तिलो र जबान बनाइ राख्छ

बिहानिपखको सेक्सले फुर्तिलो र जबान बनाइ राख्छ
न्युयोर्क, भाद्र १५ — नियमित सेक्सको धेरै फाइदा भएको कुरा त हामीले यस अघि नै बताइसकेका छौं। तर हालै गरिएको एक अध्ययनले यो भन्दा पनि रोचक कुरा बाहिर ल्याएको छ।

अध्ययन अनुसार दिन भर फुर्तिलो, स्वस्थ र जवान बनिराख्न बिहान बिहानै गरेको सेक्सले धेरै मदत गर्नेछ।

अर्थात मॉर्निग वाक र जगिंग भन्दा पनि बढि फाइदा यसले दिन्छ।

रिपोर्ट अनुसार यौन स्वास्थ्य शिक्षक र प्रसिद्ध किताब ‘बिकज आइ फील गुड’ का लेखक डेब्बी हर्बेनिकको भनाइलाई उधृत गर्दै भनिएको छ कि बिहानि पखको सेक्सले रोग प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ। जसको कारण तपाई दिनभर फुर्तिलो अनुभव गर्न सक्नुहुन्छ।

हर्बेनिकका अनुसार यौन सम्बंधको समयमा केहि यस्ता रसायन स्रावित हुन्छ(बग्छन्) जसले शरीरमा एस्ट्रोजनको स्तरलाई बढाउँछ। यस्तो एस्ट्रोजनले तपाइको छाला र कपाल स्वस्थ र मजबूत बनाउँछ।

हर्बेनिक भन्छन्,’यौन सम्बंधले इम्यूनोग्लोबुलिन ए (आईजी ए)को स्तरलाई बढाउँछ जसले रोगसंग लडनलाई मदत गर्छ। एस्ट्रोजन र टेस्टोस्टेरनको स्तरमा वृद्धि हुँदा तपाई सधैं जबान देखिनुहुन्छ।’

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID