Thursday 28 August 2014

२० जना जन्ती पनि पानीभित्रै गएर आन्ध्र महासागरको पिधमा भयो विवाह

मान्छेको शोख अचम्मकै हुन्छ । अमेरिकामा एक जोडिले आन्ध्र महासागरभित्र विवाह गरेका छन् । गोताखोरीका शौखिन ती अमेरिकी जोडिले हालै फ्लोरिडास्थित फोर्ट लोडरडेल तटिय क्षेत्रबाट आन्ध्र महासागरमा प्रवेश गरी पानीभित्रै विहे गरे ।
१५ मिनेटसम्म चलेको उक्त विवाह समारोहमा बेहुला बेहुली सँगै २० जना जन्ती समेत थिए । पानीभित्र ३० फुटको गहिराइमा विवाह कार्य सम्पन्न भएको थियो ।
यसरी पानीभित्र बिहे गरेर किर्तिमान कायम गर्ने बेहुला बिल फ्रेनियरको उमेर ५२ वर्ष छ । उनकी बेहुली लिजब्याथ फ्रेनियरको उमेर ३२ वर्ष छ ।

आन्ध्र महासागरभित्रको बिहे समारोहमा बेहुला बेहुलीले एक अर्कालाई स्वयंवरको औँठी लगाइदिए र जिवनभर सँगै बाँच्ने कसम खाए ।
बिल र लिजब्याथ बीच सन् २००८ मा पहिलोपटक भेट भएको थियो । बिलले पछिल्लो २० वर्षदेखि गोताखोरको काम गर्दै आएका छन् । बिलसँग दोस्ती भएपछि लिजब्याथलाई पनि गोताखोरी काममा लगाव बसेको थियो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID