Friday 29 August 2014

अमेरिकाद्धारा नेपाली राष्ट्रिय झण्डाको घोर अपमान

३५ हजार भन्दा बढी नेपालीहरुले एकै ठाउँमा भेला भई नेपालको राष्ट्रिय झण्डाको आकार निर्माण गरेर गिनिज बुकमा नाम दर्ता गराउँन पहल चलिरहँदा अमेरिकाले भने नेपालको राष्ट्रिय झण्डाकै खिल्ली उडाइएको छ ।

अमेरिकामा सञ्चालित एक टेलिभिजन शोका सञ्चालकले नेपालको खिल्ली मात्र उडाएका छैनन्,
घोर अपमानित गर्ने दुष्प्रयास समेत गरेका छन् । सहयात्रीलाई प्राप्त युट्युब फुटेजमा ती प्रस्तोताले नेपाली झण्डाको खिल्ली उडाउँदै भनेका छन्–यो कस्तो आकारको झण्डा हो ? के नेपालीहरुलाई त्रिभुज कस्तो हुन्छ ? भन्ने पनि थाहा छैन ?

यतिमा मात्र सीमित छैन । ती प्रस्तोताले नेपालको विशेष गरेर नेवार समुदायमा जीवित कुमारी प्रथाका बारेमा पनि खिल्ली उडाइएको छ । नेपालका हिन्दू धर्मावालम्बीहरुले जीवित बालिकालाई देवता सम्झेर पूजा गर्छन् । जीवित बालिका पनि देवता ? भन्दै त्योसँगै दुई अर्धनग्न युवतीका तस्वीर राखिएको छ । यस्तै अमेरिका लगायत अधिकाँश देशहरुमा मासुको स्रोतको रुपमा रहेको याक अर्थात गोरुलाई पनि नेपालीहरुले पूजा गर्छन् भनेर हाँसोमा उडाइएको छ ।

विभिन्न क्षेत्र र विषयका बारेमा खिल्ली उडाउँने उक्त कार्यक्रमको उदेश्यभ ए पनि नेपालीहरुले भने उक्त कार्यक्रम र प्रस्तोताको हर्कतबाट आपमानित भएको महसुस गरेका छन् । त्यसैले उक्त भिडियो माथि थुप्रै नेपालीहरुले कडा आपत्ति जनाएका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID