Friday, 29 August 2014

३६ वर्षपछि नजन्मेको बच्चाको कंकाल महिलाको पेटबाट निकालियो

(एजेन्सी), नयाँ दिल्ली  – भारतको नागपुर जिल्लामा घर भएकी एक महिलाको पेटबाट नजन्मेको बच्चाको अन्दाजी ३६ वर्ष पुरानो अवशेष पाइएको छ । ६० वर्षकी कान्ताबाई गुनवन्त नाम भएकी महिलाको पेटमा विगत ३६ वर्षदेखि उनको बच्चाको कंकाल रहेको पुष्टि भएको छ । उक्त कंकाललाई डाक्टरहरुको एक समूहले शल्यक्रिया गरेर निकालेका हुन्
। नागपुरमा अवस्थित एनकेपी साल्वे इन्स्टिच्युट अफ मेडिकल साइन्स र लता मंगेस्कर हस्पिटलका डाक्टरहरुले पछिल्लो हप्ता कान्ताबाईको पेटबाट बच्चाको कंकाल निकालेका हुन् । विगत दुई महिनादेखि उनले आफ्नो पेटमा निकै पिडा भएका कारण अस्पतालमा उपचारका लागि आएकी थिइन् । उपचारको क्रममा डाक्टरहरुले पेटको दायाँ भागको तल्लो भागमा गाँठो भएको पत्ता लगाए जसलाई डाक्टरहरुले क्यान्सर भएको आशंका गरेका थिए । एमआरआई पछि उक्त गाँठो उनको नजन्मेको बच्चाको कंकाल भएको पत्ता लाग्यो । यो अहिलेसम्मको सबैभन्दा पुरानो अवशेष हो जुन महिलाको शरिरमा पाइएको छ । यसलाई एक्टोपिक प्रेगनेन्सी भनिन्छ जसमा भ्रुण कोखभन्दा बाहिर विकसित हुने गर्दछ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID