भदौ १५ – काठमाडौं, भोजपुर जिल्ला घर भई हाल धोबिघाट ललितपुर बस्ने वर्ष २७ कि प्रमिला राईले ब्लेडको प्रयोग गरि बायाँ नाडी काटेर आत्महत्या प्रयास गरेकी हुन् । विवाहको आश्वासन दिएका प्रेमीले पहिले नै घरजम बसाइसकेको खबर सहन नसकी उनले आइतबार आत्महत्या प्रयास गरेकी छिन् ।विवाह गर्ने आश्वासन दिएका प्रेमी राम राईसँग उनी विगत चार महिनादेखि सँगै बस्दै आएकी छिन् । प्रेमी रामले नै उनलाई मेघा हस्पिटलसम्म ल्याएका हुन् जहाँ उनको उपचार भइरहेको छ । उनको घाउमा सातवटा टाँका लगाएको मेघा हस्पिटलले जनाकारी दिएको छ ।
घटनाको सत्यतथ्य छानबिनका लागि पुलिसले राम राईलाई पक्राउ गरेको छ ।
No comments:
Post a Comment