Sunday 31 August 2014

स्विट्जरल्याण्डमा बन्दै छ अचम्मको ‘सेक्स कुटि’

ज्यूरिख, स्विट्ज्रल्याण्डको सबैभन्दा ठुलो शहर ज्यूरिखको बाहिर एउटा यस्तो वेश्यालय बनाइएको छ, जहां कारमा बसेर आउन-जान सकिनेछ । यहाँ मानिसहरूका
लागी यस्तो जेल जस्ता कोठीहरू बनाइनेछ, जहाँ वेश्याहरू तथा उनका ग्राहक आफ्नो काम गर्न सक्नेछन । यी कोठीहरूमा नुहाउने सुविधा हुनेछ, क्याफे टेबल्स हुनेछन । यहाँ सामाजिक कार्यकर्ताहरू पनि उपस्थित रहनेछन, आपतकालका क्रममा प्रयोग गरिने पेनिक बटन पनि हुनेछन ।

सरकारको यस कदमको उद्देश्य के हो भने वेश्याहरूलाइ शहरबाट टाढा र सुरक्षित राख्नु हो । यस स्थानमा कयौं बेश्याहरू आएर बस्ने अनुमान गरिएको छ । देशमा सन १९४२ देखिनै वेश्यावृत्ति वैध रहेको छ । यहां बनेका कोठीहरू रातभर खुल्ला हुनेछन र यो सिटी सेन्टरबाट निकै टाढा हुनेछ । यहाँ नुहाउने धुने सबै सुविधाका अतिरिक्त पेशेवर सामाजिक कल्याण कार्यकर्ता पनि हुनेछन, जसले युवतीहरूको अवैध ट्राफिकिङ र संगठित अपराधमा महिलाहरूको सक्रियतामाथि लगाम लगाउनेछन । 

यो वेश्याघर एक पूर्व औद्योगिक क्षेत्र सिलकाईमा रहनेछ र यहाँ सुरक्षाकर्मीहरू पनि तैनाथ गरिनेछन । ग्राहकहरूलाइ सिसिटिभीबाट नजर राखिनेछ । तर ग्राहकहरूलाइ वेश्याहरूका साथमा बाहिर लैजाने कुरामा भने रोक लगाइनेछ । ज्यूरिख सामाजिक सेवाका एक कर्यकर्ताका अनुसार शहरमा अहिले निकै वेश्यावृत्ति बढेको छ । पहिले यो सड्कहरूमा खुल्लेआम हुने गर्दथ्यो र महिलाहरू आउँने-जाँने मानिसहरूलाइ निकै दुख दिन्थे । अब भने यस कोठीको निर्माणले प्रतिरात करीब ३० देखि ४० महिलाहरू आफ्नो काम गर्न सक्नेछन । यी सेक्स-कुटि (सेक्स क्यूबिकल्स) को उपयोग गर्नका लागी महिलाहरूलाइ एकरातका लागी मात्र पांच स्विस फ्रेन्क दिनु पर्नेछ, तर यहाँ आउने ग्राहकहरूलाइ भने कुनै शूल्क लाग्नेछैन । 

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID