Tuesday 14 January 2014

खर्वुजामा टेनिस, दुनोटमा गल्फ ! हेरौं केही अनौठा तस्वीर

http://meroknowledge.blogspot.com/
एउटा ठूलो खर्बुजामा एक जोडी टेनिस खेल्दैछन् । अनि अर्को एक महापुरुष नास्ता खाने दुनोटमा गल्फ खेल्ने कोसिस गर्दैछन । त्यहीँनेर अर्का श्रमजीवी हातमा ह्यामर लिएर धमाधम बदामको बोक्रा झार्दैछन् ।

तपाईलाई लाग्न सक्छ, यी साना-साना कुरामा यो सबै कसरी सम्भव छ ?

केही कुरा असम्भवलाई पनि सम्भव तुल्याउनु नै कलाकारिता हो । तीनै कलाकारले यी साना साना खाद्यबस्तुमा यस्ता बिचित्रका गतिबिधि गराइदिएका छन् ।

यी अनौठा तस्वीर अकिको इयो र पीयरे जेवलेले बनाएका हुन् । पेरिसमा अध्ययनका क्रममा उनीहरुको भेट भएको हो । पियरे ड्रोइङ र कोमिक्समा रुची राख्छन् भने अकिकोको खाने कुराहरुमा ।

उनीहरु दुबैले मिलेर खानेकुरामा रोचक तस्वीर बनाएका छन् । यसको नाम दिइएको छ, मिनि-यम अर्थात जसलाई हेरेर खान मन लागोस् ।

यी मिनियचर फोटोहरु बनउन उनीहरुले हाम्रो जीवनमा प्रयोग हुने खाद्यबस्तुलाई निकै ठूलो गरि तस्वीर खिचेका छन र त्यसमा बिभिन्न जीवन्त घटनाक्रम जोड्न कोसिस गरेका छन् ।

यदि तपाईले निकै ध्यान दिएर हेर्नु भयो भने तस्वीरमा हाम्रो दिनचर्यालाई उतार्ने प्रयास गरिएको छ । जस्तो कि खरवुजा र अन्डामा टेनिस खेल्नु । ठूलो दूनोटमा गल्फ खेल्नु । यस्ता केही तस्वीरहरु छन्, जुन तपाईलाई रोचक लाग्न सक्छ ।
http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/









http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID