Friday 17 January 2014

सेक्स स्कान्डल २०१३


यो वर्ष यौनकाण्डले निकै चर्चा पायो। खास गरेर धर्मको आडमा यौन स्वार्थपूर्ति गर्नेहरू यो वर्ष चर्चामा आए। यसैगरी पत्रकार, खेलाडी एवं राजनीतिकर्मी पनि यौनकाण्डका कारण चर्चामा आए। यौन र यौनसँग 
सम्बन्धित घटनाले विश्वराजनीतिलाई नै आफ्नो प्रभावमा पार्‍यो। 

तरुण तेजपाल काण्ड

भारतको चर्चित पत्रिका तहल्काका संस्थापक तथा उपन्यासकार तरुण तेजपाल आफ्नै सहकर्मी कर्मचारीको यौनशोषणका कारण अदालती मुद्दामा फसे। ५० वर्षीय तेजपालले गोवाको एक होटलमा आफ्नै पत्रिकाले आयोजना गरेको एक कार्यक्रमको बीचमा महिला कर्मचारीलाई होटलको एलेभेटरमा लगि यौनशोषण गरेको घटना सार्वजनिक भएको थियो, तर ख्याति प्राप्त लेखक एवं पत्रकार तेजपालले आफूले बलात्कार नगरेको र उनीहरूबीचको यौनसम्पर्क आपसी सहमतिमा भएको दाबी गरेका छन्। घटना सार्वजनिक भएपछि पीडित कर्मचारीले जागिर छोडेकी छिन् भने उनले आफ्नो सम्मान र न्यायका लागि संघंर्ष गर्ने बताएकी छिन्। तरुण तेजपालमाथि हाल गोवाको पणजीस्थित  अदालतमा मुद्दा चलिरहेको छ।

धर्मगुरु आशाराम बापु तथा पुत्र नारायण साईको यौनलीला

भारतका चर्चित धर्मगुरु आशाराम बापु तथा उनका पुत्र नारायण साइले धर्मको सहारामा वर्षौदेखि चलाउँदै आएको यौनलीलाको भण्डाफोर मात्र भएको छैन, उनीहरू कानुनी कारबाहीका लागि राजस्थानको जोधपुरस्थित केन्द्रीय कारागार पुगेका छन्। प्रहरीले बाबुछोरा दुबै जनाविरुद्ध बलात्कार एवं यौनशोषण गरेको आरोपमा मुद्दा दर्ता गरेर कानुनी प्रक्रिया अघि बढाएको छ। ७२ वर्षीय आशाराम बापुले आफ्नै आश्रममा पढ्न आएकी छिंदवाडाकी एक १६ वर्षीया नाबालिगको यौनशोषण गरेको प्रहरीको आरोप छ। प्रहरीले आशाराम सहित उनका अन्य चारजना सहयोगी विरुद्ध बलात्कार, मानवतस्करी, शरीर बन्धक एवं षड्यन्त्रको आरोपमा मुद्दा दर्ता गरेको छ। 

अर्कातर्फ आशारामका ४१ वर्षीय छोरा नारायण साई पनि गुजरात प्रहरीको हिरासतमा छन्। जस्ता बाबु त्यस्तै छोरा भन्ने उक्तिलाई चरितार्थ गर्ने नारायण साईमाथि सुरतका दुई दिदी बहिनीले बलात्कारको उजुरी दिएपछि कानुनी कारबाहिका लागि सुरत प्रहरीले उनलाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ। प्रहरीले नारायण साईमाथि बलात्कार, यौन दुरब्यवहार, अप्राकृतिक यौनसम्बन्ध, यौन उत्पीडन, यौन व्यवसाय चलाएको, अन्य आठ जनासंग शारीरिक सम्बन्ध स्थापना गरेको, शरीर बन्धक एवं घातक हातहतियारसहित दंगा गरेको आरोप लगाएको छ। 

सांसद तथा नेता सत्यनारायन पटेल

भारतीय कांग्रेसका तर्फबाट लोकसभामा विजयी सांसद तथा नेता सत्यनारायण पटेल एक जना महिलासँगको यौनसम्बन्धका कारण चर्चामा आए। सांसद पटेलले उक्त महिलासँग यौनसम्बन्ध कायम गरेको भिडियो सीडी नै सार्वजनिक भएको छ। पटेलले उक्त घटना आफूविरुद्ध आफ्नै पार्टीका प्रतिद्धन्दी नेताहरूले सुनियोजित रुपमा कुप्रचार गर्न र चुनावमा हराउन गराएको भन्दै रोष प्रकट गरेका छन्। पटेल मध्यप्रदेशको इन्दौर क्षेत्रबाट सांसद चुनिएका हुन्। मध्यप्रदेशकै अर्का चर्चित नेता राघवजीको पनि आफ्नै घरकी नोकर्नीसँग यौन सम्बन्ध गांसेको भिडियो सिडी सार्वजनिक भएको छ। 

धर्मगुरु स्वामि नित्यानन्द

भारतको आन्ध्र प्रदेशका ३६ वर्षीय धर्मगुरु स्वामि नित्यानन्द संलग्न भएको दुइवटा मुद्दालाई त्यहाँको अदालतले मुल्तबीमा राखेको छ। स्वामी नित्यानन्दले आफ्नै चेली भनिएकी आरती रावलाई यौनशोषण र पटकपटक बलात्कार गरेको आरोप राव स्वयंमले लगाएकी छिन्। सन् २०१० मा स्वामी नित्यानन्दले तमिल चलचित्रकी नायिका रञ्जितासँग यौन सम्बन्ध राखेको भिडियो तमिल टेलिभिजनले नै सार्वजनिक गरेको थियो। स्वामी नित्यानन्दविरुद्ध बलात्कार, अप्राकृतिक यौनसम्बन्ध, ठगी, धम्की तथा अपराध योजनाका एक दर्जनभन्दा बढी मुद्दा दर्ता गरिएको छ। 

क्लेनियर पर्किन्स यौनकाण्ड

सिलिकन भ्यालीका अत्यन्त चर्चित क्लेनियर पर्किन्स यौनकाण्ड फेरि चर्किने भएको छ। यो मुद्दा क्यालिफोर्नियाको उच्च अदालतमा सुरु भएको छ। क्लेनियर पर्किन्सले आफ्ना साझेदारविरुद्ध यौन दुरब्यवहार गरेको आरोप छ। अदालतले क्लेनियर पर्किन्सले आफ्नी साझेदार एलेन पाओले दर्ता गराएको मुद्दा खारेज गर्नु पर्छ भनेर दिएको निवेदन अदालतले खारेज गरेपछि क्लेनियर पर्किन्स विरुद्धको मुद्दा पुनः शुरु हुने भएको हो।

चर्चका सन्त र पादरीहरू पनि यौनकाण्डमा

अमेरिकाको फिलाडेल्फियाको एक चर्चबाट पाँचजना सन्तलाई निकाला गरिएको छ। सन् २०११ मै बालयौन दुव्र्यवहारको मुद्दामा दोषी प्रमाणित भएपछि उनीहरूलाई सन् २०१३ मा निकाला गरिएको फिलाडेल्फियाका आर्क डियोकेसले बताएका छन्। प्रहरी अनुसन्धानपछि माइकल ए च्यापम्यान, मार्क ई. फेमान्डेस, जोसेफ एम ग्लाट्स, स्टेफेन बी. पेर्जान तथा पीटर जे. टालोकीलाई निकाला गरिएको हो। ती पाँचजना दोषीमध्ये फेमान्डेस र ग्लाट्सलाई चर्चको कानुन र अनुशासन तोडेकोमा निकाला गरिएको हो भने अरु तीन जना पादरी यौन मुद्दामै दोषी प्रमाणित भएका थिए। यसैगरी उत्तरी फिलाडेल्फिया चर्चबाट पनि अर्का एक जनालाई यौन मुद्दामा संलग्न भएकोमा कारबाही गरिएको छ। निकालामा पर्नेहरू सबै क्याथोलिक चर्चका सन्त हुन्। यसैगरी अमेरिकाकै सेन्ट पाउल र मिनिपोलिस चर्चका पदाधिकारीले त्यहाँका ३४ जना सन्त तथा पादरीहरूले अल्पसंख्यक बालबालिकालाई यौनकार्यमा फसाएकोमा उनीहरूको नाम प्रकाशित गरेको छ। अदालतको आदेश र ब्यापक जनदबाबपछि ती ३४ जना सन्त तथा पादरीको नाम सार्वजनिक गरिएको थियो। 

खेलाडीहरू तानिए यौनकाण्डमा

पेरिसको एक अदालतमा चलिरहेको चर्चित फ्रेन्च फुटबल खेलाडीद्वय फ्रान्क रिबेरी र कारीम बेन्जेमाविरुद्धको अदालती कारवाही हाललाई स्थगन भएको छ। अदालतमा खेलाडी द्वयविरुद्ध एक उमेर नपुगेकी किशोरीलाई पैसा दिएर यौनकार्य गरेको आरोपमा मुद्दा चलिरहेको थियो। ती खेलाडीले आफ्नो यौन जालमा फसाएकी युवती थिइन्- जाहिया देहार। त्यतिबेला १८ वर्ष पनि नपुगेकी जाहिया अहिले २१ वर्षकी भइन्। उनी फेसन डिजाइनर हुन्। खेलाडीहरूले जाहिया देहारलाई होटलमा लगेर यौन कार्य गरेको स्वीकार गरे पनि उनी त्यतिबेला १८ वर्षभन्दा कम उमेरकी थिइन कि थिइनन् भन्ने विषयमा मुद्दा चलिरहेको छ। रिबेरी र कारिमले कम उमेरकी बालिकासँग यौनकार्य गरेको प्रमाणित भए फ्रान्सको नियम अनुसार ३ वर्ष कैद तथा ४५ हजार युरो जरिवाना तिर्नुपर्ने छ। यसैगरी अरू ६ जना फ्रेन्च खेलाडीले पनि यौनजन्य अपराधमा सजाय पाएका छन्। उनीहरूले सन् २०१० मा दक्षिण अफ्रिमा भएको विश्वकप फुटबलको सिलसिलामा कोठामा कम उमेरकी बालिकालाई ल्याएर यौनकार्य गरेको बताइन्छ।

बुर्लोस्कोनीले २८ वर्षीयालाई भित्र्याए 

बुंगा बुंगा पार्टीका लागि चर्चित इटलीका पूर्व प्रधानमन्त्री ७७ वर्षीय सिल्भियो बुर्लोस्कोनीले २८ वर्षीया 
युवतीसँग गोप्य तवरले विवाह गरे। यो खुलासा उनको पारिवारिक स्रोतबाट भएको हो। तीनपटक प्रधानमन्त्री भैसकेका बुर्लोस्कोनीले पूर्व टेलिभिजन प्रस्तोता फ्रान्सिस्को पास्कलसँग निजी समारोहबीच विवाह गरेका थिए। फ्रान्सिस्कोसँग उनको अन्तरंग सम्बन्ध यसअघि नै सार्वजनिक भैसकेको थियो। ५० वर्ष कम उमेरकी युवतीसँग विवाह गर्नुको कारण आफ्नो एकाकीं जीवन भएको बुर्लोस्कोनीले बताए। 

अमेरिकी जासुसहरूको यौनकाण्ड

अमेरिकी गुप्तचर संस्था अन्र्तगतका एजेन्टहरू यौनकाण्डमा फसेका छन्। उनीहरूले पछिल्ला केही वर्षमा १७ मुलुकमा यौन दुराचार गरेको सार्वजनिक भएको छ। वाशिंङ्टन पोष्टका अनुसार व्हिसलल्बोअर्सद्वारा सिनेट कमिटीलाई दिइएको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ। रिपब्लिकन नेता रोनाल्ड जोन्सनका अनुसार एजेन्सी कुनै पनि शर्तमा आफ्ना कर्मचारीहरूको अनुचित यौनव्यवहार स्वीकार गर्ने पक्षमा छैन। अखबारका अनुसार अन्य मुलुकको भ्रमणका क्रममा एजेन्ट अर्थात् कर्मचारीहरूले यौन क्रियाकलापका लागि युवतीहरू खोज्ने गरेका थिए। गुप्तचरहरू केही विदेशी महिलासँग लामो समयसम्म नियमित अनुचित यौनक्रियाकलापमा संलग्न पाइएकाले एजेन्सीले उनीहरूलाई कारवाही गरेको थियो। यहि क्रममा राष्ट्रपति बाराक ओबामाको सुरक्षामा संलग्न दुई जना एजेन्टलाई पनि सेवाबाट बर्खास्त गरिएको थियो। उनीहरूविरुद्ध निकटस्थ महिलाकर्मीलाई अश्लील इमेल पठाएको आरोप लगाईएको थियो। 

टोनी ब्लेयर पनि यौनकाण्डमा

पूर्व बि्रटिस प्रधानमन्त्री टोनी ब्लेयर मिडिया टाइकुन रुपर्ट मर्डोककी श्रीमती वेन्डी डेंगका साथ तीन रात बिताएको कुरा सार्वजनिक भएपछि यो विषय चर्चामा रह्यो। मर्डोककि पत्नि डेंगको टिप्पणीलाई उद्धृत गर्दै बि्रटिस अखबारहरूले लेखेका छन्— पूर्वप्रधानमन्त्री ब्लेयरको मर्डोककी पत्नि डेंगका साथ नाजायज सम्बन्ध थियो। मर्डोकको अनुपस्थितीमा ब्लेयरले ३ रात उनकै घरमा बिताएका थिए। पत्निको यसप्रकारको सम्बन्ध थाहा पाएपछि मर्डोकले सम्बन्ध विच्छेदका लागि अपिल गरेका छन्। पूर्वप्रधानमन्त्री ब्लेयरले भने उक्त घटनालाई हल्ला बताउँदै यस विषयमा कुनै प्रतिक्रिया नदिने बताए। 

महिला सिइओको यौनशोषण 


अमेरिकामा एक महिला सिइओ पुरुषविरुद्ध यौन दुव्र्यवहार गरेको आरोपमा फसेकी छिन्। एक कम्पनीकी ती प्रमुख कार्यकारी महिलामाथि पुरुषविरुद्ध यौनशोषणको आरोप लागेको छ। आर्चिज कमिक्सकी ५९ वर्षीय सिइओ नेन्सी सिल्बरकेटबाट प्रताडित ५ कर्मचारीले उनीविरुद्ध उजुरी गरेका थिए। नेन्सी कम्पनीका संस्थापक तथा आफ्ना श्रीमान् लुई सिल्बरकोटको सन् २००८ मा मृत्यु भएपछि सिइओ भएकी थिइन्। ती कर्मचारीहरूले नेन्सीले कार्यभार सम्हालेपछि यौन दुव्र्यवहार गरेको आरोप लगाएका थिए। कर्मचारीहरूका अनुसार नेन्सी नियमित रूपमा अश्लील शब्द उच्चारण गर्दै कराउँथिन्। उनले कर्मचारीहरूको उपनाम नै गोप्य अंगहरूको नामबाट राखेकी थिइन्। यता नेन्सीले भने तीे सबै कुरा सुनियोजित षड्यन्त्रअन्तर्गत भएको बताएकी छिन्। 

समलिंगी लेखकको यौनकाण्ड

जुन २०१३ मा चर्चित गे एकेडेमिक, एन्थ्रोपोलोजिकल रिसर्च तथा अन्य केही पुस्तकका कारण एवार्ड हात पारेका वाल्टर लि विलियम्सलाई किशोर युवकहरूका साथ वेबक्याम यौनसम्पर्कको आरोपमा लगाउँदै पक्राउ गरियो। त्यतिमात्र नभै कतिपय एसियाली मुलुकको भ्रमण गर्दै बालकहरूसँग यौनसम्पर्क गरेको आरोप पनि उनीमाथि लाग्यो। उनमा पोर्नोग्राफिक तस्बिर सेयर गर्ने अर्को लत थियो। मेक्सिकोका नागरिक बाल्टरलाई गिरफ्तार गर्न १ लाख युएस डलर पुरस्कारको घोषणा गरिएको थियो। 

अमेरिकी सेनामा वेश्यावृत्ति काण्ड

अमेरिकी सेनामा सेक्स पार्टीर्हरूसँग सम्बन्धित सनसनीपुर्ण तथ्य सार्वजनिक भएको छ। अमेरिकी सेनामा कार्यरत एक महिला सैनिकले उनले टेक्सासस्थित फोर्टहुड मिलिटि्र पोस्टमा आयोजित सेक्स पार्टीका क्रममा ४ सय युएसडलर कमाएको दाबी गरिन्। ती महिला सैनिकका अनुसार टेक्सास बेसमा चलाइएको सेक्स र्‍याकेटमा सेवा उपलब्ध गराउन उनलाई चुनिएको थियो। महिला सैनिकद्वारा कोर्टमार्सलका क्रममा प्रस्तुत दस्तावेजमा एक उच्च अधिकारीले पनि उक्त सेवा उपयोग गर्ने गरेको कुरा उल्लेख छ। 

राष्ट्रपतिकी छोरी सेक्स पार्टीमा


चेक रिपब्लिकका राष्ट्रपति माइवो जेमानकि छोरी सेक्स पार्टीमा देखिएपछि विवाद खडा भएको छ। १९ वर्षीया कैटरिना जेमानोवा प्रागस्थित एक सेक्स पार्टीमा सामेल भएकी थिइन्। पार्टी हार्डकोर डटकमद्वारा आयोजित पार्टीमा समावेश कैटरिनाको तस्बिर स्थानीय पत्रिकामा प्रकाशित भएपछि एकाएक यो विषयले चर्चा पायो। तस्बिरमा एक नग्नपुरुषको अप्राकृतिक क्रियाकलाप हेर्नमा मग्न देखिएकी कैटरिनाले भने आफू सेक्स पार्टीमा नगएको जिकिर गरेकी छिन्। 

टेलिभिजन कलाकार यौनकाण्डमा

बि्रटिस अभिनेता माइकल लेवेललाई यो वर्ष गम्भिर आरोप लाग्यो। आरोपअनुसार एक बालिकालाई उनले ६ वर्षसम्म लगातार बलात्कार गर्दै आएका थिए। कसैलाई बताएको खन्डमा मार्ने धम्की दिएकाले आफूले केही बोल्न नसकिरहेको पीडितले बताइन्। बेलायतको चर्चित टेलिभिजन सो कोरोनेसन स्टि्रटमा केबिन वेबस्टारको भूमिकामा अभिनय गर्ने माइकल बलात्कारको आरोपमा अदालतमा मुद्दा खेपिरहेका छन्। उनले बलात्कार गर्दै आएकी युवती अहिले १७ वर्ष पुगिसकेकी छिन्।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID