Wednesday 22 January 2014

त्रिविले अधुरो काम गरेको भन्दै विद्यार्थीद्धारा पुत्ला दहन (भिडियोसहित)

त्रिविले अधुरो काम गरेको भन्दै विद्यार्थीद्धारा पुत्ला दहन (भिडियोसहित)
काठमाडौं, माघ ८ । त्रिभुवन विश्वविद्यालयले डीन शर्मालाई बर्खास्त गर्ने तर नयाँ डीन नियुक्त नगरी अधुरो काम गरेको भन्दै संस्थानका विद्यार्थीहरुले आज साँझ मन्त्रिपरिषदका अध्यक्ष, त्रिविका उपकुलपति र संस्थानका डीन शशी शर्माको पुत्ला दहन गरेका छन् । उनीहरुले डा. केसीका सवै माग पूरा गर्न माग गर्दै मेडिकल माफिया विरुद्ध चर्को नाराबाजी गरेका थिए ।
माग पूरा नभए थप संघर्ष गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् । यसैबीच नेपाल चिकित्सक संघले भोलिदेखि टुडिखेलमा ओपिड सेवा संचालन गर्ने भएको छ ।
केसीका माग पूरा गराउन थप संघर्ष गर्ने निर्णय गर्दै संघले खुला मञ्चमा ओपिडी सेवा संचालन गर्न लागेको हो । जनतासँग चिकित्सक नाम दिएर १ सय ५० जना चिकित्सकले सेवा दिने जनाइएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID