Friday 17 January 2014

जुँगा मन नपरेपछि अध्यागमनका कर्मचारीले पासपोर्ट खोसे

नेपालमा विमानस्थलका कर्मचारीहरुको व्यवहारबारे धेरै गुनासो आउने गरेको छ । विमानस्थल कर्मचारीले वैदेशिक रोजगारीमा गएर आएकी एक युवतीलाई लुटपाट र बलात्कार गरेको घटना सेलाएको छैन ।
अध्यागमन कर्मचारीको यस्तो लार्पवाही नेपाल मात्र नभएर अन्यत्र पनि हुने गरेको छ ।
संयुक्त अरब इमरेट्सको सारजाह विमानस्थलका कर्मचारीले एक भारतीय नागरिकको पासपोर्ट नियन्त्रणमा राखेका छन्, किनकी उनलाई ती भारतीयको जुँगा मन परेन ।
गल्फ न्यूजका अनुसार विमानस्थल र विदेश विभागले सीसीटीभीको फुटेज हेरेर घटनाबारे अध्ययन गरिरहेको छ । भारत केरलाका सफ्टवेयर इन्जिनियर सुजिभ कुमार हालै सारजाह विमानस्थल पुगेका थिए । उनले विमानस्थलका अधिकारीले आफूले जुँगा काटे मात्र पासपोर्ट दिने भनेको बताए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID