Wednesday 1 January 2014

बन्द तालामा लाखौंका अमर प्रेम कहानी

पेरिसलाई मानिसहरु रोमान्टिक शहरका रुपमा पनि चिन्छन् । त्यहाँको सेन नदीमा एक पुल छ, जहाँ प्रेम जोडीहरु तालामा आफ्नो नाम लेखेर साँचो नदीमा फल्छन् ।
http://meroknowledge.blogspot.com/
हरेक तालामा प्रेमको एक कहानी हुन्छ, तर, अहिलेसम्म कसैलाई थाहा छैन कि यसको सुरुवात कसले र कसरी गर्‍यो । केही मानिस यसको सुरुवात रुसबाट भयो भन्ने मान्छन् भने कोही इटलीबाट । तर, जब विश्वभरका जो कोही पेरिस पुग्छन्, आफ्नो प्रेमको निसानी ताला झुण्ड्याउन छुटाउँदैनन् ।

पेरिसको पोन्ट डेस आर्ट बि्रजको रेलिङमा सानो ठूलो विभिन्न आकार र विभिन्न रंगका हजारौं तालामा प्रेमको युगल जोडीहरु देखिन्छन । यद्यपि पेरिसमा सबै यसलाई समर्थन गर्दैनन् । केही मानिस शहरको विरासतलाई बचाउन पनि अब यसमा रोक लगाउनु पर्ने माग गरिरहेका छन् ।

ताला लगाउनेहरु आफूलाई भाग्यमानी ठान्छन् भने आलोचकहरु तालाको तौल बढेर कैयौं टन भएको तर्क गर्छन् । उसो त एकपटक पुलमा लगाइएको ताला नहटाइएको पनि होइन । तर, केही दिनमै पहिलेको जस्तै भयो । पेरिसको अलावा डबलिन, रोम र बि्रटेनको बेलफास्टमा पनि यस्तै पुल छन, जहाँ प्रेम जोडीहरु ताला लगाउँछन् ।
http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID