Sunday 12 January 2014

२४ बर्षको छँदा लाहुर गएका श्रीमानसँग बुढेसकालमा भेट भयो

गुल्मी हाडहाडे ५ कि चन्द्रिका श्रीस यतिबेला दंग छिन् । पैसा कमाउन लाहुर जान्छु भन्दै यौवन अवस्थामै छोडेर विदेश गएका पति किमबहादुर श्रीस झण्डै ५२ बर्षपछि घर आएपछि उनको हर्षको सीमा नरहेको हो ।‘ राम्ररी बस्नु, आफ्नो र बच्चाको ख्याल गर्नु, म जागिर खोजेपछि तिमीलाई लिन आउँछु’ भन्दै २५ बर्षीय श्रीमान किमबहादुर लाहुर गएका थिए ।
तर आज आउला छैन, भोली आउला छैन, दिन हैन महिना हैन, बर्षौ विते तर श्रीमान घर फर्किएनन्, यौवन अवस्थामै छोडेर हिँडेको पति प्रौढावस्थामा पुग्दा समेत नफर्किएपछि चन्द्रिकालाई श्रीमान फर्केला आउलान् भन्ने आश थिएन । तर ५२ बर्षपछि उनको जीवनमा अचानक खुसीको भेल आयो, पति किमबहादुर टुप्लुक्क घर आइपुगे ।
२५ बर्षका लक्का जवान छँदा विछोडिएका चन्द्रिकाका जीवनसाथी किमबहादुर यतिबेला ७९ बर्षका पुगेका छन् भने एक बर्ष कान्छी चन्द्रिका ७८ बर्षकि भइन् । राम्रो पैसा कमाउने र सुखी जीवन विताउने सपनामा यो जोडी विछोडिएको थियो । छुट्टिने बेला गर्भमा रहेका उनीहरुका कान्छा छोरा सुर्यप्रकाश यतिबेला ५२ बर्षका भैसके । उनले शनिबार पोखरामा पहिलो पटक आफ्ना बाबु फेला पारे ।
किमबहादुर सुरुमा भारत गए । गरिबीकै कारण उनी घर फर्कन सकेनन्, भारतमा सोँचेजस्तो कमाउन नसकेपछि विरक्तिएका उनी कोलकता, सिलाङ र असममा ३५ बर्ष विताए । कतैबाछ पनि पैसा कमाउन नसकेपछि नेपाल फर्केका उनलाई घर जान पनि मन लागेन, त्यसपछिका १७ बर्ष उनले पोखरामा विताए । परिवारसँग सम्पर्कविहिन बनेका उनलाई पोखराको राम्दी सुस्त मनस्थिति केन्द्रमा उनलाई छोराले फेला पारेका हुन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID