Tuesday 31 December 2013

कटरिनाको कुमारित्वका लागि साढे ४ करोडको अफर

 आफ्नो कुमारित्व (भर्जिनिटी)को अनलाइन लिलामीलाई लिएर चर्चामा आएकी ब्रालिजकी छात्रा कटरिनाले तेस्रो पटक आफ्नो लिलामीले डेट सारेकी छिन् ।

भर्जिनिटी वान्टेड २’ नामको वेबसाइटमा उनले आफ्नो भर्जिनिटी लिलामीको डेट १२ फेब्रुअरीलाई तोकेकी छिन् । करिव १५ महिना पहिले उनले आफ्नो कुमारित्व बेच्ने प्रयास गरेकी थिइन । त्यसपछि डिसेम्बर १२ को भाका राखेकी उनले आफूलाई अहिलेसम्म ४ लाख ४० हजार डलर अर्थात झण्डै साढे ४ करोड रुपैयाँको अफर आएको दावी गरेकी छिन् । तर, अझै धेरै रकम पाउने आशमा उनले समय बढाएकी हुन् ।

२३ वर्षीया छात्रा कटरिनाले २०१२ अक्टोरमा आफ्नो भर्जिनिटी बेच्ने घोषणा गरेकी थिइन् । त्यसबेला एक जापानी अरबपतिले ७ लाख ८० हजार डलर अर्थात पौने ८ करोडको प्रस्ताव गरे पनि प्राविधिक कारणले डिल पूरा हुन सकेको थिएन ।

कुमारित्व बेच्ने फण्डाबाट चर्चामा आएकी यी कटरिनाले आफुले आफैलाई ‘२१ औं सताब्दीकी सवैभन्दा चर्चित कुमारी केटी’को पगरी गुथाएकी छिन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID