Tuesday 29 October 2013

‘यौन सन्तुष्टिमा भारत तेस्रो’

 लण्डन(एजेन्सीहरु), यौन सन्तुष्टि बारे गरिएको सर्भेमा छिमेकी मुलुक भारत तेस्रो स्थानमा छ । भारतीयहरुले शारीरीक सम्बन्धलाई सुःखी र सफल दाम्पत्य जीवनको एक महत्वपूर्ण अंग मानेका छन् ।

५० प्रतिशतभन्दा बढी भारतीयले यो सम्बन्धबाट सन्तुष्ट रहेको स्वीकारेका छन् । पश्चिमा सञ्चारमाध्यमहरुले लगातारको यौन हिंसापछि भारत बारे ‘सबभन्दा ठूलो लोकतान्त्रिक मुलुकमा बलात्कार’ शीर्षकमा थुप्रै खबर छापेको बेला यो निः सन्देह सकारात्मक सन्देस हो ।

डुरेक्स कन्डोम निर्माण गर्ने एक बेलायती कम्पनिद्धारा गरिएको सर्भेमा भारतका ६१ प्रतिशत जनता स्वस्थ यौन अभ्यासबाट सन्तुष्ट छन् । सर्भेमा पहिलो स्थान नाइजेरिया (६७ प्रतिशत) र दोस्रो स्थानमा उत्तर अमेरिकी मुलुक मेक्सिको(६३प्रतिशत) छ । यसपछि पोल्याण्ड(५४प्रतिशत), ग्रीस(५१ प्रतिशत), होल्याण्ड(५० प्रतिशत), दक्षिण अफ्रिका (५०प्रतिशत) र स्पेन ( ४९ प्रतिशत ) छ । उक्त कम्पनिले यो सर्भेमा संख्यात्मकभन्दा गुणात्मक र स्तरिय सम्बन्धलाई आधार बनाएको हो ।

रोचक पक्ष के छ भने आफ्नो जीवनकालमा १० देखि १२ जनासम्म यौन साथी बनाउने अमेरिका र क्यानाडाका मात्र ४८ प्रतिशत जनताले यौनमा सन्तुष्ट रहेको बताएका छन् । भारतीय जोडीमा यौनक्रिडा र चरम सुखको दौरानमा शारीरीक, मानसिक एवं भावनात्मक समर्पण धेरै बढी देखिएको सर्भेमा भनिएको छ ।

डुरेक्सले तनाव मुक्त सम्बन्ध, यौन स्वीकार्यता, सेक्स सम्बन्धी भ्रम र यसको निरन्तरतासँग जोडिएको प्रश्न गरेको थियो । सर्भेमा भारतीयहरुको यौन जीवन पश्चिमाभन्दा अब्बल देखियो । बाहिरबाट नीकै सरल र सामान्य देखिने भारतीयहरुले देखावटी र नक्कली जीवनयापनभन्दा अझैं टाढा रहेको हुनाले प्राकृतिक यौनान्द लिन सकेको सर्भेमा भनिएको छ ।

Source: eKantipur

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID