Monday 28 October 2013

ड्राइभिङ गर्ने महिलाविरुद्ध साउदी सरकार कठोर, ६० महिलालाई जरिवाना

साउदी अरबमा ६० जना महिलालाई ड्राइभिङ गरेको भिडियो इन्टरनेटमा लोड गर्नु घातक सावित भएको छ । ड्राइभिङ गरेका कारण उनीहरुलाई प्रहरीले ८० डलर जरिवाना गरेको छ ।

उनीहरुलाई फेरि ड्राइभिङ नगर्न चेतावनी दिइएको छ भने गाडीको साँचो घरका पुरुषलाई दिइएको छ । साउदीमा १९९० बाट महिलालाई ड्राइभिङमा रोक लगाइएको छ । शनिबार महिलाहरुले त्यसको विरोध गर्दै गाडी चलाएको भिडियो इन्टरनेटमा अपलोड गरेका थिए ।

राजधानी रियादका मानिसहरुले समेत महिलाले गाडी चलाएकोमा विरोध गरेका थिए । साउदी अरबमा महिलाहरुलाई ड्राइभिङ गर्न दिनु पर्ने माग लामो समयदेखि उठ्दै आएको छ । तर, साउदी अरब प्रशासन र समाज यसका लागि तयार देखिएको छैन ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID