Friday 20 September 2013

फेसबुकको गल्तीले तपाईको गोप्य जानकारीहरू सार्वजनिक त भएन ?

फेसबुकको गल्तीले तपाईको गोप्य जानकारीहरू सार्वजनिक त भएन ? 
 सोशल नेटवर्किंग साइट फेसबुकले आफ्ना ६० लाख युजरहरूको ईमेल आईडी र पासवर्ड एक सफ्टवेयर बगका कारण अवैध रूपबाट लिक भएको खुलासा गरेको छ । यद्दपी यस साइटले दावी गरे अनुसार कुनै प्रकारको वित्तीय तथा अन्य जानकारिहरू भने साझा भएको छैन । फेसबुकले जारी गरेको एक विज्ञप्ती अनुसार, यस कुराको कुनै प्रमाण भने छैन कि यस बगको दुरूपयोग गरिएको छ ।
कम्पनीले यो पनि भनेको छ कि यसबाट प्रभावित मानिसहरूलाइ ईमेल मार्फत सूचना दिइएको छ । उसले बताए अनुसार बगको व्यावहारिक असर धेरै भने नपरेको हुन सक्दछ , किनभने जुन प्रयोगकर्ताहरूको तथ्याङ्क साझा भएको छ, उनीहरू पहिले देखिनै कुनै न कुनै तरिकाले एक अर्कामा जोडिएका थिए ।फेसबुकका अनसार हामी मानिसहरूको गोपनीयतालाइ गम्भीरतासंग लिने गर्दछौ । साथै मानिसहरूका तथ्याङ्कहरू सुरक्षित गर्नका लागी भरमग्दुर प्रयास गर्नेछौं । कुनै पनि कम्पनी बगबाट शत-प्रतिशत सुरक्षित रहेको दावी गर्न सक्दैनन । भलै फेसबुकसंग सबैभन्दा राम्रो टीम किन नहोस ।

 कम्पनीले यस घटनामा बगका कारण केही मानिसहरूको ईमेल आईडी र फोन नम्बर ती मानिसहरूको हात लाग्यो होला, जससंग उनीहरूको सम्पर्कका बारेमा केही जानकारी रहेको छ वा फेसबुकमा कुनै सम्पर्क रहेको छ । डाउनलोड योर इन्फार्मेशन टूल मार्फत फेसबुक आर्काइभ डाउनलोड गर्ने बेलामा कुनै अरू यूजरहरूको ई मेल आईडी वा फोन नम्बर पनि डाउनलोड भएको हुन सक्दछ ।फेसबुकको अनुमान अनुसार करिब ६० लाख मानिसहरूको जानकारी अवैध तरीकाले अन्य मानिसहरूको हात लागेको हुन सक्दछ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID