Saturday 21 September 2013

यी हुन् संसारका एकमात्र मान्छे, जो ४० वर्षसम्म सुतेकै छैनन्

तपाइँ कति दिनसम्म अनिँधो बस्न सक्नुहुन्छ ?  एक रात अनिँधो बस्दा त विरामी होइएला की जस्तो हुन्छ भने कति दिन भन्ने त कुरै भएन । तर यो संसारमा एकजना यस्ता मान्छे छन् जो ४० वर्षदेखि जागै छन् ।

६४ वर्षका थाइ एन्जोक नामका पुरुष ४० वर्ष यता एक झप्को पनि निदाएका छैनन् । उनी देख्दा खेरि सामान्य मान्छेजस्तै देखिन्छन् र दिनभर सामान्य तरिकाले नै कामकाज गर्छन् । फरक, अरु सामान्य व्यक्तिको रात सुतेर बित्छ तर उनी रातभरि नै सधै जागा हुन्छन् ।

एन्जोकले भियतनामको पहाडि इलाकामा कुखुरा तथा सुंगुर पालन गरेका छन् । उनकी एक श्रीमती र ६ जना छोराछोरी छन् । सन् १९७३ देखि उनी सुतेकै छैनन् । त्यस वर्षको एक रातले उनको जिवनलाई सधैका लागि माछोजस्तै ननिदाउने बनाइदियो । उनलाई ज्वरो आएको थियो । जाबो ज्वरो त हो नी भनेर खासै ध्यान दिएनन् र उपचार पनि गरेनन् पछि ज्वरो निको हुन धेरै समय लाग्यो र उनलाई न्रि्रा पनि लाग्न छाड्यो । त्यस यताका ११ हजार ७ सय दिन उनी जागै छन् ।

यस्तो न्रि्रा नलाग्ने समस्याको उपचारका लागि उनीहरु डाक्टरकोमा नधाएका होइनन् तर पनि उनको समस्या २० को १९ भएन । सुरु सुरुमा त यसरी न्रि्रा नै नआउँदा स्वास्थ्य निकै ब्रि्रन्छ की भन्ने डर उनी र उनका परिवारलाई थियो । तर उनको स्वास्थ्यमा खासै समस्या आएन र अहिले त ननिदाएको कारणले उनमा कुनै समस्या छैन ।

आफ्नो न्रि्रा नलाग्ने समस्यालाई उनले अहिले अबसरका रुपमा लिएका छन् । उनले थकाइ लाग्दा आराम गर्छन् । तर के दिन के रात उनी अरु समय काममै लागिरहन्छन् । अरु मान्छे सुतेको बेला उनी रातमा खेतमा गएर पानी लगाउँछन्, चौकीदारी गर्छन् । माछा पालनका लागि उनले अहिले २ वटा तलाउको खोजी गरिरहेका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID