Monday 16 September 2013

सेक्स जीवनका’ लागि आवश्यक पाँच ‘स’ " जानी राखे राम्रो "

नव विवाहित युगलले आफ्नो सेक्स जीवनमा समन्जस्यता स्थापित गर्नका लागि केहि समस्यको सामना गर्नु परिरहेको हुन्छ । कतिपय दम्पती यस्ता पनि हुन्छन्, जो विवाहको वर्षौपछि पनि सेक्सवाट सन्तुष्टि लिन सकिरहेका हुदैनन् । यसको मूल कारणहो,सेक्स इनकम्पेटिबिलिटी । अर्थात सेक्स प्रतिको धारणा अलग अलग हुनु ।  अतः यि समस्यवाट वच्नका लागि पाँच स मा ध्यान दिऔं ।

सोंच

सेक्स सम्वन्धीको आफ्नो सोचाइ वदलौ । यदि तपाइलाई सेक्सप्रति अरुची छ भने के कारणले त्यस्तो भएको कारण खोतल्नुहोस् । कतिपय समाजमा सेक्सलाई हेय दृष्टिले हेर्ने गरिन्छ र त्यही अनुसारको भावना धेरैमा प्रवल भएर गएको हुन्छ । सेक्सप्रतिको सोच वदलौ । सेक्स अपराध एवं छाडा चिज होइन, जीवनकै एक भाग हो यो ।
समझदारी
आपसी समझदारी वढाउनुहोस् । यदि सम्वन्धमा तनाव छ भने त्यसले सेक्समा प्रभाव पार्छ नै । त्यसैले सेक्स जीवन सफल वनाउन पहिले सम्वन्ध प्रगाढ वनाउनुपर्छ ।
संवाद
दाम्पत्य जीवनको सफलताको कडी हो, संवाद । सवांदहिन दाम्पत्य तनावले भरिएको हुन्छ । आफ्नो पार्टनरको भावना वुझ्नुहोस र उनीसँग सम्वाद गर्नुहोस् ।
सकारात्मकता
सेक्सप्रति सकारत्मक सोंच राखौ । अनावश्यक कुन्ठा र लाज, दावावलाई टाढै राखौं । कतिपय अवस्थामा अत्याधिक उत्तेजना पनि गलत हुन सक्छ ।
सहजता
सेक्सप्रति सहज रहनुपर्छ । यो एउटा नैसर्गिक क्रिया हो । अतः हरेक व्यक्तिमा यसको इच्छा अलग अलग हुन्छ । यदि तपाई सेक्सप्रति अधिक उत्साहित हुनुहुन्न भने यसमा तपाइको दोष छैन । यस्तो अवस्थामा तपाइको पार्टनरले तपाइलाई सेक्सप्रति रुची जगाउन सक्नुपर्छ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID