Sunday 15 September 2013

महिलाको गर्भमा कोकिन भेट्टियो

भिडियो हेर्न माथिको बक्समा डबल क्लिक गर्नुहोला

साभार स्रोत : मेडिया एनपी डट को
एजेन्सी/  यो संसारमा प्रत्येक दिन अचम्मका घटनाहरु शिर्जना भई रहेका हुन्छन्,तै पनि मानिसबाटै । मानिसले आफ्नो फाईदाको लागि हरेक बाटो अपनाई रहेका हुन्छन् । यस्तै कोलोम्बियामा गर्भवती जस्तो देखिने नक्कली पेट बनाएर लागूपदार्थ कोकिन तस्करी गर्न खोज्ने क्यानडाकी एक युवती पक्राउ परेकी छिन् ।

क्यानडाको टोरोन्टो प्रस्थान गर्न लागेकी ती युवतीले कोलम्बियाको बोगोटा विमानस्थलको जाँच कक्षमा आफू गर्भवती रहेको भन्दै छक्याउन खोजेपछि सुरक्षाकर्मीले शंका गरेका थिए ।उनको साथबाट नक्कली पेट र ४ दशमलव ४ पाउण्ड कोकिन बरामद भएको बीबीसीले जनाएको छ । बरामद गरिएको लागू पदार्थ कोकिनको मूल्य ६० हजार अमेरिकी डलरपर्ने बताईएको छ । पेशाले समाजसेवी बताउने ती महिला गत अगष्टमा कोलोम्बिया पुगेकी थिईन् ।
भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID