Sunday 15 September 2013

ऋतिक रोशनकी पत्नीले घर छाडिन्

भिडियो हेर्न माथिको बक्समा डबल क्लिक गर्नुहोला

साभार स्रोत : अनलाइन खबर
बलिउडका कलाकारहरुको जीवनशैली बाहिर हेर्दा जति लोभलाग्दो हुन्छ, भित्री रुपमा त्यस्तो छैन । पारिवारिक रुपमा तनाव, सम्बन्ध बिच्छेद त बलिउड कलाकारका लागि एउटा रोग जस्तै हो ।आफ्नो नयाँ चलचित्र ‘क्रिस ३’ को प्रमोशनमा व्यस्त बलिउडका चर्चित नायक ऋतिक रोशन पनि अहिले यस्तै समस्यामा परेका छन् । उनको पत्नी सुजैनले घर छोडेर हिडेकी छिन् । ऋतिकसँग झगडा परेपछि सुजैनले घर छोडेर एक सातादेखि माइतीमा बस्दै आएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।
उनीहरु बिच के कुरामा विवाद सिर्जना भयो भन्ने बिषयमा केही बताइएको छैन । तर सुजैन र ऋतिक बिच पारिवारिक रुपमा विचलन आएको छ । राकेश रोशनको पार्टीमा पनि सुजैन आफ्नो आमा र बैनीसँग आएर तत्काल निक्लेकी थिइन् । यसैले पनि यि दुइको सम्बन्ध राम्रो नभएको प्रष्ट हुन्छ ।
भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID