Saturday 28 September 2013

विवाह गर्न लागेका जोडीको अन्तिम संस्कार !

 नैरोबीमा आतंकवादी हमलाको वियोगान्त कथा
केन्या । एम्बुगा मवांगी र रोजमेरी व्हाइतोबीच विवाह गर्ने तयारी थियो । तर, नैरोबीको एक सपिङ मलमा भएको आतंकवादी आक्रमणमा परेका यो जोडीको विवाह हुन पाएन । शुक्रबार साँझ उनीहरुको एकसाथ अन्तिम संस्कार गरियो ।
एम्बुगा र रोजमेरीको प्रेम यति अटुट थियो । यही भएर उनीहरुका आमाबाबुले मृत्युपछि दुबैलाई पति-पत्नीको सम्मान दिँदै अन्तिम संस्कार गरेका छन् । २९ वर्षीय व्यापारी एम्बुगा आफ्नो विवाहको तयारीका क्रममा प्रेमिकाका साथमा वेष्टगेल मलमा पुगेका थिए ।
उनीहरुले आफ्नो विवाहका लागि पोसाकमात्र छानेका थिएनन्, पाहुनालाई खुवाउने केकको फ्लेभर समेत तय गरेका थिए । विवाह गर्ने स्थान मात्र तय गर्न बाँकी थियो । यो सबै समाचार त्यसबेला बाहिर आयो, जतिबेला एम्बुगाको मृत्युपछि उनको अन्तिम सन्देश पढियो ।
दुबैको अन्तिम संस्कारका क्रममा केन्याका हस्तीहरु समेत उपस्थित थिए । किनभने एम्बुगा केन्याका राष्ट्रपति केन्याटाका भतिजा समेत हुन् । शनिबार वेस्टगेट मलमा आक्रमण हुँदा एम्बुगा र उनकी प्रेमिका रोजमेरी एक रेष्टुराँमा बसिरहेका थिए । आक्रमणकारीहरुले रेष्टुराँमा प्रवेश गरेर अन्धाधुन्ध गोली चलाएका थिए । प्रत्यक्षदर्शीहरुका अनुसार एम्बुगा र रोजमेरी भने एक अर्कालाई साथ दिइरहेका थिए । सरकारी अधिकारीहरुका अनुसार उनीहरु दुबैलाई ७ गोली लागेको थियो ।
केन्या सरकारका अनुसार आक्रमणमा परी ६७ जनाको मृत्यु भएको छ भने अझै ६१ जना अझै हराइरहेका छन् । तीन दिनको संघर्षपछि केन्याली सेनाले स्थिति नियन्त्रणमा लिएको छ ।
                            भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID