Monday 12 August 2013

भ्यालेन्टाइनको बिरोधमा एक घण्टामा २० लाख ब्रा बिक्रि

चीनमा एक अनलाइन शपिङ वेबसाइटको माध्यमबाट एक घण्टामा २० लाख ब्रा बेचिएको छ । यदि यसको थुप्रो लगाउने हो भने सगरमाथा भन्दा तीन गुणा अग्लो हुनसक्ने शपिङ वेबसाइट ताओबाओले दावी गरेको छ ।
चीनको सबैभन्दा ठूलो शपिङ वेबसाइट ताओबाओका अनुसार यो दिन वर्षको सबैभन्दा व्यस्त दिन बनेको छ । ११ नोभरम्बर चीनको भ्यालेन्टाइन विरोध दिवस अर्थात सिंगल डे को रुपमा मनाइन्छ । यो दिनमा चीनमा एक्लै रहेका मानिसहरु खुसी मनाउँछन् । उनीहरु यो दिन ताओबाओ लगायतका अनलाइन शपिङमा विताउँछन् । अधिकांशले यो दिन मूल्यमा आधा छुट दिएका थिए ।

टीमल डट कममा मध्यरातपछि ६ मिनेटमा मात्र १६.४ करोड डलरको कारोबार भएको बीबीसीले जनाएको छ । पछिल्लो दिनमा विवाहितहरुले पनि सिंगल डे मनाउने गरेका छन् । अनलाइन शपिङ गर्न सक्नेहरुले आफूलाई लडाई जितेको सिपाहीको रुपमा लिने गर्छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID