Monday 5 August 2013

जापानले बोल्ने रोबर्ट अन्तरीक्षमा पठायो


टोक्यो- अन्तरिक्ष विज्ञानमा जापानले नयाँ हलचल ल्याइदिएको छ। उसले पहिलो पटक अन्तरिक्षमा बोल्ने रोबोट पाठाएको छ। अन्तरिक्षयात्री कोची वकाटाको साथीको रुपमा रोबर्टलाई अन्तरिक्षमा पठाइएको हो। १३ इन्चको किरोबोले जापानको तानेगाशिमा द्धीपबाट उडान भरेको छ। ९ अगस्टमा आइएसएसमा पुग्ने बताइएको छ।

किरोबो एउटा शोधको खण्ड भएको बताइएको छ। लामो समयसम्म एक्लै रहने मानिससँग मेसिनले कसरी भावनात्मकरुपमा काम गर्छ भन्ने यसले प्रमाणित गर्ने बताइएको छ। यो रकेट आइएसएसमा काम गरिरहेका छ। स्थायी कर्मचारीका लागि पिउने पानी, खाना, कपडा र अन्य कामका उपकरणहरु लिएर गएको हो।

यो सानो रोबोटको तौल एक किलो छ। यसले केही मात्रामा शारीरिक काम पनि गर्न सक्छ। यसको डिजाइनको प्रेरणा एनिमेटेड क्यारेक्टर एस्ट्रो बायबाट लिइएको बताइएको छ। किरोबोले जापानीज भाषामा कुरा गर्ने बनाइएको छ। यसले आफूसँग भएको कुराकानीको रेकर्ड पनी गर्ने गर्छ।

किरोबो मेसिन र मानिसको बीचमा मध्यस्थकर्ताको रुपमा काम गर्नेगर्छ। यसले कन्ट्रोलरुमा प्राप्त हुने खबरहरु अन्तरिक्षयात्रीलाई दिनेछ। नौ महीनाभन्दा धेरै समयसम्म किरोबोको विश्वसनीयताको परीक्षण गरिएको थियो। किरोबोको जोडा रोबोट मिराटा पृथ्वीमानै रहेको छ। उसले आफ्नो जोडी रोबोटको अन्तरीक्षमा हुने कुनै पनि किसिमको इलेन्ट्रोनिक्स गडबडीको ध्यान राख्नेन गर्छ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID