Monday 12 August 2013

कोरियामा बन्यो बस रिचार्ज गर्ने सडक

दक्षिण कोरियाले एक यस्तो सडक बनाएको छ, जसले आफूमाथि गुड्ने इलेक्टि्रक गाडी रिचार्ज हुन्छ । १२ किलोमिटर लामो यो सकड विश्वको पहिलो भएको उसको दावी छ ।यो सडकमा गुड्दा रिचार्जका लागि गाडीलाई रोकिराख्नु पर्ने झन्जट पनि छैन । दक्षिण शहर गूमीमा बनाइएको यस्तो सडकमा अहिले दुई बटा सार्वजनिक बस गुड्नेछ र २०१५ सम्ममा थप १० बस समावेश गर्ने योजना छ । शहरको ट्रेन स्टेशनबाट डोंग डिस्ट्रिकलाई जोड्ने सडकमा आफूमाथि गुड्ने इलेक्ट्रसक गाडी रिचार्ज हुने सिस्टम जडान गरिएको हो ।
 महंगो पर्नसक्छ
इलेक्ट्रिक गाडी रिचार्ज गर्ने सडक विकास गर्ने कोरिया एडभान्स इस्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीको टिम प्रमुख दोङ हो चो ले भनेका छन्-’अनलाइन इलेक्टि्रक भइकल ओएलईभीको हाम्रो परियोजना सफल रहृयो ।’यातायात विशेषज्ञहरुले भने यस प्रविधिका लागि बस र सडकमा उपकरण जडान गर्नु महंगो सावित हुनसक्छ, किनकी यो व्यवहारिक छैन । कार्डिफ विश्वविद्यालय सेन्टर फर अटोमोटिभ इन्डस्ट्री रिसर्चका डाक्टर पालले भनेका छन्-’यो प्रविधिमा सार्वजनीक यातायात प्रणालीको सम्भावना छ । तर, निजी इलेक्ट्रोनिक सवारीका लागि यससम्वन्धी उपकरण जडान गर्न निकै महंगो हुन्छ ।’2
कसरी गर्छ काम ?
इलेक्ट्रिक गाडी रिचार्ज गर्ने सडकमा गुड्ने बसहरुको तल्लो भागमा एक उपकरण जडान गरिन्छ, जुन शेप्ड म्याग्नेटिक फिल्ड यो रीजोनन्स प्रविधीको प्रयोगबाट चार्ज हुन्छ । बीबीसीका अनुसार सडकको तल्लो भागमा बिछ्याइएको विद्युतको तारले विद्युतीय चुम्बक पैदा गर्छ । जुन उपकरणको भित्र रहेको एक भागमा जम्मा हुन्छ र यसलाई विद्युतमा परिणत गर्छ । यो उपकरण सडकको सतहबाट १७ सेमीमाथि रहन्छ भने पावर स्ट्रिप सडकमा ५ देखि १५ प्रतिशत भागष्मा राखिएको हुन्छ । शोधकर्ताहरुका अनुसार यसले यात्रुहरुको स्वास्थ्यमा कुनै असर गर्दैन । इलेक्ट्रिक सवारीले यात्रा सुरु गर्नुअघि उर्जा संग्रहीत गर्नु आवश्यक पर्दैन भने यसको ब्याट्री सामान्य ब्याट्रीभन्दा तीन गुणा सानो छ । यसका कारण सवारीको तौल कम हुन्छ ।इटलीको टोरिया र नेदरल्याण्डको यूट्रेच्टमा पनि केही बस स्टपमा ताररहित चार्जिङ उपकरण लगाईको छ । जहाँ चालकले केहीबेर रोकेर सवारी चार्ज गर्छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID