Monday 12 August 2013

फेसबुकमा अरू कसैसँग नजिकिएको देखेपछी पतिद्धारा पत्नीको हत्या

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
 साउन, एजेन्सी । आफूलाई मन नपरेपछी छाडेको पतिले पत्नीले फेसबुकमा गर्ने गतिविधीको पतिले निरिक्षण गर्दै आएका थिए । फेसबुकमा पत्नी अर्कै मानिसको नजिक भएको थाहा पाएपछी ती पतिले पत्नीको हत्या गरेका छन् ।

बेलायतको ल्युसमा भएको यो घटनामा टाय मेडल्याण्ड र उनकी पत्नी समान्थाको बीचमा सम्बन्ध राम्रो हुन नसकेपछी समान्थाले घर छाडेर एक साथीको घरमाम बस्दै आएकी थिइन् । यता मेडल्याण्डले समान्थालाई धेरै पटक मनाउन खोजेपनि समान्था भने मेडल्याण्डबाट टाढा हुन खोजिरहेकी थिइन् । तर मेडल्याण्डले भने समान्थालाई छोड्न सकिरहेको थिएन र यही क्रममा उसले फेसबुकमा निरिक्षण गर्न थाल्यो ।

मेडल्याण्डलाई समान्थाको फेसबुकको पासवर्ड थाहा थियो । उसलाई समान्था आफुलाई छाडेपछी कोही अन्य व्यक्तिको नजिक पुगेकी थिइन् । समान्थाले क्रिस वुड्स नामका एक व्यक्तिलाई मेसेज गर्ने कुराकानी गर्ने र आफ्नो विवाह सम्बन्ध टुटिसकेको बताउने गरेको समेत मेडल्याण्डले थाहा पाएका थिए । यसरी आफ्नी पत्नी आफूलाई वेवास्ता गरेर अर्कैसँग नजिकिन थालेको थाहा पाएपछी उसले पत्नी समान्थाको चक्कु प्रहार गरि हत्या गरेका हुन् ।

मेडल्याण्डले समान्था आफ्नो सामान लिन मेडल्याण्डको घरमा पुगेको बेला चार वटा चक्कु लिएर भेट्न पुगेका थिए जहाँ उनले समान्थाको हत्या गरे । यसपछी उनलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID