Tuesday 6 August 2013

राजधानीमा फेरी एक तिब्बतीले शरीरमा आगो लगाइ गरे आत्मदाह

भिडियो हेर्नको लागी माथिको बक्समा डबल क्लिक गर्नुहोस
काठमाडौं, २२ साउन । राजधानीको बौद्ध स्तुपामा एक तिब्बतीयन नागरिकले आत्मदाह गरेका छन् । करिब ४० वर्ष उमेरका व्यक्तिले मंगलबार बिहान साढे सात बजे स्तुपा भित्रै आगो लगाएर आत्मदाह गरेका हुन् ।
आगो लागेलगत्तै उनलाई प्रहरीले उद्दार गरी नजिकैको बौद्ध स्तुपा अस्पतालमा लगेको थियो । त्यहाँबाट थप उपचारका लागि शिक्षण अस्पताल पुर्‍याइएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । आत्मदाहको यस घटना तिब्बतु गतिविधिसँग जोडिएको वा नजोडिएको थाहा हुन सकेको छैन । प्रहरीले आत्मदाह गर्ने व्यक्तिको मानसिक सन्तुलन ठिक नभएको जनाएको छ ।
आत्मदाहबारे आत्महत्या र तिब्बती गतिविधि दुबैलाई आधार बनाएर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यसअघि गत फागुन २मा पनि बौद्धको एक रेस्टुरेन्टमा तिब्बतीले आफूलाई फ्रि–तिब्बतको पक्षमा रहेको भन्दै आत्मदाह गरेका थिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID