Saturday 6 July 2013

पार्टनर अँगालोमा भएको महसुस गराउने सिरानी


यदि तपाई आफ्नो पार्टनर देखि टाढा हुनु हुन्छ । टाढा रहेको पार्टनरकै याद मै डुबि रहनु हुन्छ भने तपाईको लागी एउटा अत्याधुनिक सिरानी आईसकेको छ, जसले तपाईलाई आफ्नो पार्टनर सँगै भएको महसुस गराउने छ ।
यो सत्य हो, युकेको एक कम्पनिले यस्तो एउटा सिरानी बनाएको छ, जसले टाढा रहेका साथी अथवा पार्टनर आँफुसँगै भएको महसुस गराउने दावी गरिएको छ । तर त्यसका लागी दुवै जनासँग यो सिरानी भने हुनु जरुरी छ ।

समाचारमा बताईए अनुसार दुवैले आफ्नो यो अत्याधुनिक सिरानीलाई ईन्टरनेटको माध्यमबाट कनेक्ट गर्नु पर्ने हुन्छ । यति गरेपछि जब तपाईले सो सिरानी माथि टाउको राखेर सुत्नु हुन्छ, त्यो खबर तपाईको अर्को साथीले उत्ति खेरै पाउनेछ ।

तपाईको पार्टनरले सो सिरानी राख्ने बित्तिकै तपाईको सिरानीमा स्वतः लाईट बल्नेछ, र तपाईलाई पार्टनर सुतेको थाहा हुन जान्छ ।

यस्तै सिरानीबाट तपाईले आफ्नो पार्टनरको दिलको धड्कन समेत सुन्न सक्नु हुन्छ । यसका लागी तपाईलाई एउटा सानो रिस्ट ब्यान्ड आफ्नो औँलामा लगाउनु पर्ने हुन्छ, जसले तपाईको दिलको धड्कन दोस्रो पार्टनर सम्म पु¥याउनेछ । तपाईको पार्टनरले दिलको धड्कन आईफोनमा समेत सुन्न सक्ने बताईएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID