Tuesday 16 July 2013

अध्ययन भन्छ : पुरुषले ढाँट्दैनन् लिंगको लम्बाइ

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
अमेरिकामा गरिएको पछिल्लो अध्ययनले अमेरिकी पुरुषहरुको लिंगको औषत लम्बाइ ५.५७ इन्च रहेको देखाएको छ । अध्ययनले पत्ता लगाएको अर्को रोचक तथा चुरो कुरो त के भने पुरुषहरुले आफ्नो लिंग कति लामो छ ? भन्ने कुरा ढाँट्दैनन् र सत्य कुरा बताउँछन् ।
अमेरिकाको इण्डियाना विश्वविद्यालयकी शोधकर्ता डाक्टर डेब्बी हरबेनिकले १६६१ जना अमेरिकी पुरुषमा सर्भेक्षण गरी यस्तो निष्कर्ष निकालेकी हुन् ।

साइकोलोजी टुडे नामक पत्रिकामा छापिएको खबर अनुसार कण्डमको आकारका विषयमा विस्तृत अध्ययन गर्ने मनसायले पुरुषको लिंगको लम्बाइका विषयमा प्रारम्भिक शोध गरिएको हो । अध्ययनका क्रममा सबैभन्दा छोटो अर्थात् १.५ इन्च र सबैभन्दा लामो अर्थात् १० इन्च सम्मका लिंग भएका मानिसहरु समेत भेटिए ।

वैज्ञानिकहरुका अनुसार उत्तेजित लिंगको आकार नाप्नु उतिसारो सजिलो भने छैन । उत्तेजनाको तहले लिंगको लम्बाइ घटबढ हुने गर्छ ।

पुरुषको गुप्तांगको अध्ययन गरिसकेपछि शोधकर्ता हरबेनिकले अब महिलाहरुको गुप्तांगको आकारका विषयमा पनि यस्तै अध्ययन गर्ने सोँच बनाएकी छिन् ।


भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID