Sunday 7 July 2013

तुलसीपुरमा किशोरीमाथि सामुहिक वलात्कार


दाङको तुलसीपुरमा एक किशोरीमिाथि सामूहिक बलात्कार भएको छ । तुलसीपुर नगरपालिका–५ नयाँ बसपार्कमा ४ जना युवाले पवननगर–९ की १६ वर्षीया किशोरीलाई बलात्कार गरेको पीडितलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।  गएराती साढे १ बजे वसपार्कको नजिकैको दक्षिण तर्फको ग्यारेजमा लगेर ४ जना युवाले आपूmमाथि जबर्जस्ती गरेको पीडित किशोरीले बताएको पनि प्रहरीले बताएको छ ।

किशोरीमाथि सामूहिक बलात्कार गर्ने क्रममा हो–हल्ला गरिहेका चारै जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा प्युठान खलङ्गा–१ का १८ बर्षीय बिनोद केसी, सल्यान थारमारे–६ का २२ बर्षीय युवराज डाँगी, सोही ठाउँका २१ वर्षीय चन्द्र डाँगी र सल्यान फलाबाङका २० वर्षीय अर्जुन योगी रहेको प्रहरीले बताएको छ ।
भिडियो हेर्नुहोस् 

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID