Thursday 11 July 2013

कसले भन्यो रीमासँग मुटु रेट्ने माया लाउन्न भनेर ? (फोटो र भिडियोसहित)


भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्


नेपाली म्यूजिक भिडियोको निर्देशनको क्षेत्रमा विभिन्न संचारमाध्यममा काम गर्ने पत्रकारहरुको बाहुल्यता बढ्दै गएको छ । टेलिभिजन देखि विभिन्न पत्रपत्रिका, रेडियो तथा अनलाइन मिडियामा काम गर्ने पत्रकारहरु म्यूजिक भिडियो निर्देशनमा आकषिर्त भएका छन् ।

यही भिडिमा कान्तिपुर साप्ताहिकका रंग पत्रकार विदुर खतिवडा पनि थपिएका छन् । उनले गायक दिपक गौतमको आवाजमा समावेश ‘भुलेर पनि तिमीसँग’ बोलको गीतको म्यूजिक भिडियो निर्देशन गरेका छन् । अचानक भिडियो निर्देशनको प्रस्ताव आएपछि आफूले केही सोच्न नसकेको र काम गर्न तम्सिएको विदुरको भनाई छ ।उनले भिडियोको प्रतिक्रिया राम्रो पाएपछि खुशी लागेको बताए । यो गीतमा बाबु बोगटीको शब्द तथा संगीत समावेश छ । भिडियोमा रीमा विश्वकर्मा, बाबु बोगटी, मोहन गजुरेल, आशिश भट्टराइको अभिनय छ । प्रस्ताव आए स्तरिय भिडियो निर्देशन गर्न आफू सधै अग्रसर रहेको विदुरले अनलाइनखबरलाई बताए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID