Tuesday 23 July 2013

''चीनमा अर्को चमत्कार, यसरी झुक्याइन् यी युवतीले मृत्युलाई...(फोटोसहित) |''

साउन, ५  एजेन्सी -  एक युवतीले आफ्नो मृत्युलाई समेत छलेकी छिन् । चीनकी एक युवतीको सवारी दुर्घटनामा कारको सिसा फुटाएर टाउको निस्किँदा समेत उनलाई चोटपटक मात्र लागेको छ । यस्तो दुर्घटना प्राय मानिसहरूको ज्यानै जाने भएपनि उनी भने भाग्यले बाचेकी छिन् ।
उनको अहिले अस्पतालको आइसियुमा उपचार भइरहेको छ । यस्तै, उनीसँगै रहेका सवारी चालक पनि घाइते भएका छन् । उनलाई पनि गम्भिर घाइते अवस्थामा अस्पताल पुर्याइएको छ ।
यी दुवैलाई उद्धारकर्मीहरूले कारबाट निकै होसियारीका साथ निकालेका थिए । चालकलाई कारबाट सिसा फोरेर निकालेका थिए भने युवतीलाई पनि सिसालाई निकै होसियारीका साथ निकालिएको थियो । उनलाई निकाल्न उद्धारकर्मीहरुले निकै गाह्रो भएको थियो । किनकी उनको टाउको सिसाबाट छिरेर निस्किएका कारण पनि निकै गाह्रो भएको थियो ।
हेरौ केही तस्विरहरू..

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID