Saturday 6 July 2013

माउसका आविस्कारकको निधन


भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्


असार २० – कम्प्यूटरको माउसका आविष्कारक डोउ एन्जेलबार्टको ८८ वर्षको उमेरमा निधन भएको छ ।
अमेरिकी कम्प्यूटर हिस्ट्री म्यूजियमले एन्जेलबार्टकी छोरीलाई उद्धृत गर्दै स्थानीय समय अनुसार मंगलबार राती निधन भएको बताएको हो ।
एन्जेलबार्टले सन् १९६० को दशकमा दुईवटा धातुका चक्कालाई काठको खोल लगाएर चल्ने माउस प्रकृतिको उपकरण विकास गर्नुभएको थियो ।
उहाँले सन् १९७० मा यसको स्वामित्वको अधिकार प्राप्त गरेपनि १७ वर्षसम्म यसको खरिद बिक्री हुन सकेको थिएन ।
उहाँ काम गर्ने संस्था स्ट्यान्फोर्ड रिसर्च ईन्स्टिच्यूटले माउसको थप उत्पादन र खरिद बिक्रीका लागि ४० हजार डलरमा एप्पल कम्पनीका लागि सन् १९८३ मा लाइसेन्स लिएपछि सन् १९८७ देखि मात्रै माउसको खरिद बिक्री शुरु भएको हो ।
सन् १९८० को मध्यदेखि कम्तीमा पनि १ अर्ब माउस बिक्री भएको अनुमान छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID