Tuesday 16 July 2013

फेसबुकमा फोटो पोष्ट गर्दा मोबाइलको बिल उठ्यो साढे ५ लाख

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

एजेन्सी । तपाईले मोबाइल फोनबाट त्यो पनि सिम प्रयोग गरेर पक्कै फेसबुक चलाउने गर्नु भएको छ होला । यस्तै, कार्य गर्ने एक स्कुले किशोरीका लागी यो कार्य निकै महंगो साबित भएको छ । बाबु-आमासँग घुम्न निस्केकी एक १४ वर्षीय किशोरीले मोबाइलबाट फेसबुकमा फोटो अपलोड गर्दा करिब साढे ५ लाख रूपैयाँको मोबाइल बिल आएपछी ती किशोरीसहित उनका परिवार छक्क परेका छन् ।

१४ वर्षकी केसी स्नुकले आफ्ना साथीहरूलाई फेसबुकमा आफू घुमेको ठाऊँ देखाउन भन्दै फोटोहरू अपलोड गरेकी थिइन् । घुम्न गएको ठाऊँमा उनको फोनमा रोमिङ चार्ज लाग्ने भएपनि यति ठूलो रकम तिर्नु पर्छ भन्ने सोचेकी थिइनन् । सामान्य रूपमा मोबाइलमा फेसबुक चलाउँदा ७ हजार तिर्ने गरेका उनले रोमिङका कारण साढे ५ लाख तिर्नु पर्ने भएपछी उनीसहित उनका परिवार छक्क परेका हुन् ।

केसीकी आमा केट स्नुकले मोबाइल बिल सुन्दा आफू शारीरिक रूपमा नै बिरामी परेको अनुभव भएको बताएकी छिन् । उनले आफुले फोटोहरू अपलोड गर्दा यति ठुलो रकम तिर्नु पर्ने नसोचेको बताएकी छिन् । आफुहरूले मात्र ७ हजारमा मोबाइलमा फेसबुक चलाउने गरेको र रोमिङका कारण यति ठुलो रकम तिर्नुपर्छ भन्ने सोचाई कहिल्यै नआएको बताएकी छिन् ।

यता मोबाइल कम्पनी ओरेन्जले आफुहरूले केसीलाई आफुहरूले मोबाइलको बिल धेरै हुँदै गएको र अझै पनि डाटा प्रयोग गर्ने हो भनि मेसेज पठाएको बताएको छ । क्षमताभन्दा बढी डाटा खर्च भइसकेको भन्दै आफुहरुले केसीलाई थप डाटा प्रयोग गर्ने या नगर्ने भनेर मेसेज पठाउँदा उनले प्रयोग गर्ने भनेर मेसेज पठाएको बताएका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID