Thursday 11 July 2013

दुई किलो चामल किन्न सिडिओको तोक !


२८ असार, दार्चुला । जिल्ला प्रशासन कार्यालय खलंगामा बिहानदेखि नै बाढीपीडितहरुको थेग्नै नसक्ने भीड थियो । उनीहरु चामलका लागि तो लगाउन लाइन बसेका थिए ।

भुइातलामा हरेको सहयाक प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीको कोठामा पसेर दुई किलो चामलका लागि उनीहरुले चिर्कटोमा तो लागइरहेका थिए । तोक लिएकाहरु चामल किन्न साना तथा घरेलु विकास समितिको कार्यालयमा राखिएको डिपोमार्फत गए । त्यहाँबाट घन्टौं लाइन बसेर दुई किलो चामलमा चित्त बुझाए
खलंगामा पठाइएको खाद्यान्न अपुग भएपछि जिल्ला प्रशासन कार्यालयले बुधबार दुई किलो चामलका लागि तोक लगाएको थियो । बाढीपीडितले बिरोध गरेपछि बिहीबार तीन किलो थपेर प्रतिपरिवार पाँच किलो चामल बाँडिएको शुक्रबार प्रकाशित नागरिक दैनिकमा खबर छ । ‘दुई किलो चामल किन्न दिनभर लाईनमा बसेँ,’ छापरी ६ का नरीराम लोहारले भने, ‘एक साताका लागि दुई किलो चामलले ११ जनाको परिवारलाई कसरी धान्ने ? कसले खाने, को चाँही अरुले खाएको हेरेर बस्ने ?’ दिनभर भोकै लाइन लाइन बसेका उनी बुधबार साँझ ३४ रुपैयाँ प्रतिकेजीको दुई किलो मोटो चामल लिएर फर्के ।

जिल्लामा खाद्यान्न समस्या भएपछि सर्वसाधारण सदरमुकाम खलंगा पुगेका हुन् । पीडित चामल तथा अन्य खाद्य सामग्रीका लागि प्रशासनको मुख ताक्ने गरेका छन्, तर प्रशासनले सर्वसाधारणको माग अनुसारको खाद्य सामग्री वितरण गर्न सकेको छैन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID