Monday 29 July 2013

अपहरण गरी लठ्याएर बालिकालाई दुई दिनसम्म लगातार बलात्कार

नवलपरासी, २३ असार । कैलालीमा एक युवतिको बलात्कार गरी हत्या प्रयास गरिएको घटना घटेको दुई दिनपछि जीवितै उद्धार गरेको समाचार सेलाउन नपाउदै फेरी यस्तै प्रकृतिको घटना नवलपरासीमा घटेको सार्वजनिक भएको छ ।
प्राप्त समाचार अनुसार जिल्लको कुडिया ८ की एक बालिकालाई अपहरण गरी लठ्याउने औषधि सुँघाएर २ दिनसम्म बलात्कार गरेको आफन्तले बताएका छन् । २ दिनसम्म बलात्कार गरेर उखुबारीमा बेहोस अवस्थामा छाडिएको आफन्तले जनाए ।
यतिबेला बालिका सदरमुकामस्थित महिला विकास कार्यालयको अल्पकालीन सेवा केन्द्रको आश्रयमा छिन् । केन्द्रकी संयोजक निशा चौधरीका अनुसार बालिका अर्धचेत रहेको र मानसिक उपचार गराउनुपर्ने देखिएको छ ।
चौधरीका अनुसार बालिकाले कति बेला आफूलाई केही नभएको र कुनै बेला रूमालले मुख छोप्दा बेहोस भएको र होस आउँदा नांगो अस्वथामा रहेको बताउने गर्छिन् । बालकाको यस्तो अवस्था बलात्कारीले धम्काएका कारणले हुनसक्ने पनि चौधरीको भनाइ छ ।
घटना विवरण अनुसार अनुसार १७ गते घरबाट सम्पर्कविहीन भएकी बालिका ३ दिनपछि गाउँ नजिक उखुबारीमा बेहोस फेला परेकी थिइन् । बेहोस बालिकालाई इप्रकाले उपचारार्थ सरकारी अस्पतालमा नलगी दाउन्नेदेवी गाविसको चौपत्तास्थित सहिद स्मृति सामुदायिक अस्पतालमा पुर्‍याएको आरोप स्थानीयले लगाएका छन् । पीडित पक्षको तर्फबाट दबाब दिएपछि अस्पतालले डिस्चार्ज गरेको थियो । तर सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा बालिकाको शारीरिक परीक्षण गराउँदा बलात्कार भएको पुष्टि भएको केन्द्रले जनायो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID