Thursday 25 July 2013

सेक्स र सिगरेटमा भन्दा फेसबुक र ट्वीटरमा आनन्द

इन्टरनेटको दुनियाँसँगै जीवन बिताउन अभ्यस्त भएकाहरुलाई सेक्समा भन्दा सामाजिक संजालमा आनन्द लाग्ने गरेको पत्ता लागेको छ ।हालै सिकागो बुथ स्कुल अफ बिजनेसले जर्मनीमा एक सातासम्म गरेको सर्वेक्षणबाट यस्तो रहस्य खुलेको हो । सर्वेक्षणले फेसबुक र ट्वीटरजस्ता सामाजिक संजालका स्टाटस चेक गर्नु, तस्वीर हेर्नु र कमेन्ट गर्नमा सेक्स र सिगरेटमा भन्दा ज्यादा आनन्द महसुस गर्ने गरेको निष्र्कष निकालेको समाचार संस्था एएफपीले जनाएको छ ।अनुसन्धानकर्ताले १८ देखि ८५ बर्षको उमेरका मानिसमाथि सर्वेक्षण गरेका थिए । उनीहरुलाई फेसबुक, ट्वीटर, सेक्स, सिगरेट लगायतका अन्य आनन्द दिने चीजको र्‍याङ्कीङ गर्न भनिएको थियो । उत्तरदाताले फेसबुक र ट्वीटरलाई सेक्स र सिगरेटभन्दा बढि आनन्द दिने वस्तुको सूचीमा राखेका थिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID