Tuesday 2 July 2013

अमेरिकामा आगो निभाउने क्रममा १९ जना अग्नी नियन्त्रकको मृत्यु (भिडियो सहित)

न्यूयोर्क, १७ असार । अमेरिकाको एरिजोनास्थित एक जंगलमा लागेको आगो निभाउने क्रममा १९ जना अग्नी नियन्त्रकको मृत्यु भएको छ । एरिजोनाको यारनिलमा आगो नियन्त्रणका क्रममा उनीहरुको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बिजुली सर्ट हुँदा शुक्रबारदेखी लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । गर्मी मौसम र हावा चलिरहेका कारण आगोलाई नियन्त्रणमा लिन नसकिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
अहिले त्यहाँ लागेको आगोलाई नियन्त्रणमा लिन २ सय जना अग्नी नियन्त्रकहरुलाई परिचालन गरिएको छ ।
भिडियो हेर्नुहोस्

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID