Friday 12 July 2013

सुध्रिएनन् पारस : होटेल अन्नपूर्णका साहुलाई पारसको राम धुलाई

असार २६ । ज्ञानेन्द्रका छोरा पूर्वयुवराज पारस शाह बेलाबेलामा नेपाली सर्वसाधरणमाथि दुर्व्यबहार गरेर चर्चामा आइरहने गर्छन् । उनले हृदयघातपछि पुनःजन्म लिएर बाँचे पछि पनि एक नेपालीमाथि फेरि त्यस्तै दादागिरी देखाएका छन् |

यति साह्रो बिरामी भएर निको हुँदा धेरैले अब पारस सुध्रिएलान् र उनले राम्रो गर्लान् भन्ने सोचेका थिए । तर उनले होटल डेल अन्नपूर्णका साहु कपिल राणालाई दुर्व्यवहार गरी फेरि सबैलाई अचम्म पारेका छन् ।

बिरामी छँदा नबाँच्ने आशामा वेवास्ता गर्नेको सुचीमा कपिल पनि रहेछन् । पुनस्थापना केन्द्रमा भेट्न गएको बेला पारसले कपिललाई अप्ठ्यारो पर्दा काम लागेनौँ अहिले ठिक पार्न आउँछौँ भन्दै दुर्व्यवहार गरेको बताइएको छ ।
भिडियो हेर्नुहोस्

राजा त्रिभुवनका छोरा बसुन्धरतातर्फको सम्पत्ति अपुताली परेर कपिलले अन्नपूर्ण हत्याएको र महेन्द्रको खलकले त्यसको हिस्सेदारी दाबी गरिरहेको पुरानै झगडाको कारण हो वा अरु नै कारण पारस र कपिलको सम्बन्ध तनावपूर्ण रहेको उल्लेख छ ।

पारसको राम धुलाई खाएर हाल काठमाडौँ फर्किसकेका कपिलले कोहीसँग पनि यस बारे खुलेर बताएका छैनन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID