Wednesday 5 June 2013

एसएलसी सुन्दरीको अघि रोए हमाल

मंगलबार ‘मिस एसएलसी’का प्रतिस्पर्धीहरुको जिज्ञासा मेट्दै गर्दा नायक राजेश हमाल रोएका छन् । एक
असार १ गते आयोजना हुन लागेको ‘मिस एसएलसी’मा ३७ जनाको सहभागीता रहने आयोजकले जनाएको छ । अहिले उनीहरु विभिन्न कुराको प्रशिक्षणमा व्यस्त छन् ।
प्रतिस्पर्धीले तपाइको जीवनको विर्सनै नसकिने क्षण कुन हो भनेर सोध्दा हमालको आँखाबाट आँशु आएको थियो । उनले आज भन्दा दुई दशक अघि सिने नगरीमा प्रवेश गर्दा यो क्षेत्रमा भविष्य नभएको बताएका थिए । उनले आफ्नो पिताको इच्छा विपरित सिने नगरीमा आएको र आफू चर्चित बन्दा बुबाको निधन भएको क्षण संझेका थिए । उक्त क्षण बताइरहदा हमालको आँखाबाट आँशु झरेको थियो । हमालको कुराले प्रतिस्पर्धामा सहभागी किशोरीहरु पनि भावुक बनेका थिए ।नायक राजेश हमाललाई प्रत्यक्ष देख्न पाउँदा सहभागीहरु खुशी देखिएका थिए । राजेशले आफू किशोर अवस्थामा निक्कै वाइल्ड भएको बताए । हमालले किशोरीहरुलाई यो उमेरमा कुनै पनि कुरा पाउँछु नै भनेर लाग्नु भन्दा पनि दत्तचित्त भएर लाग्न सुझाव दिएका थिए । २ घण्टाको अन्र्तक्रिया पछि हमालसँग प्रतिस्पर्धीहरुले फोटो खिचाउनुको साथै अटोग्राफ पनि लिएका थिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID