Sunday 9 June 2013

करोडौँ मूल्यको कोदो रक्सी बनाउन मै खपत

भद्रपुर, २६ जेठ । मुलुकको पूर्वी नाका काँकडभिट्टा भएर भारतबाट बर्सेनि करोडौं मूल्यको कोदो आयात हुने गरेको छ ।
 झापामा उत्पादित कोदोले माग पूर्ति गर्न नसकेपछि पशुको आहारा र रक्सी बनाउन ठूलो परिमाणमा कोदो आयात भइआएको अनुमान गरिएको छ ।
यस नाकाबाट मात्र गत आर्थिक वर्षमा रु १३ करोड ३९ लाख ७७ हजार मूल्य बराबरका आठ हजार ४५५ मेट्रिक टन कोदो आयात भएको थियो । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा रु तीन करोड ५६ लाख ८२ हजार मूल्य बराबरको कोदो आयात गरिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ ।
दुई दशकअघि गरिबीका कारण मानिसहरू यसको पिठोको रोटी खाने गर्थे । अचेल कोदोको रोटी खाने इच्छा भएमा मात्रै यदाकदा खाने गरेको देखिन्छ ।
 कोदोको रक्सी कतिपय पसल तथा होटेलमा बिक्री वितरण हुने गर्छ ।
बङ्गुरपालन गरेका किसानले पनि दानाको रूपमा कोदोको प्रयोग गर्ने गरेको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक शालिकराम भट्टराईले जानकारी गराउनुभयो ।
झापा जिल्लाका एक हजार ७८५ हेक्टर जग्गामा दुई हजार १४५ मेट्रिक टन कोदो उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
यस जिल्लाका खुदुनावारी, बाहुनडाँगी, सतासीधाम, दमक, शान्तिनगर, बुधबारेका साथै अधिकांश गाविसमा छिटफुटरूपमा कोदोको खेती हुन्छ । रासस

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID