Monday 10 June 2013

७० लाखमा बिक्यो बाँदरले खिचेको तस्वीर


चिम्पान्जीले खिचेको एक तस्वीर झण्डै ७० लाख रुपैयाँमा बिक्रि भएको छ । रुसको मिक्की नामको एक निकै चलाख चिम्पान्जीले खिचेको तस्वीर ५० हजार पाउण्ड अर्थात् झण्डै ७० लाख रुपैयाँमा लिलाम बढाबढबाट बिक्रि भएको हो ।
मिक्कीले खिचेको मस्कोको रेड स्क्वाएरको तस्वीर बेलायतको लण्डनमा हालै लिलामीमा राखिएको थियो । मस्को सर्कसमा काम गर्ने मिक्कीलाई रुसी कलाकार विटाली कोमार र एलेक्जेन्डर मेलामिडले १९९० को दशकदेखि फोटोग्राफीको तालिम दिएका थिए ।2

लण्डनमा भएको तस्वीरको लिलामीमा मिक्कीले खिचेको तस्वीर मात्र होइन मिक्कीलाई फोटोग्राफी सिकाउने दुइजना प्रशिक्षकले खिचेको मिक्कीको तस्वीर पनि समावेश थियो । मिक्कीले खिचेको तस्वीर रुसी कला संकलक किरा फ्लान्जेचले किनेका हुन् । दुर्भाग्यको कुरा के भने आफुले खिचेको तस्वीर मोटो रकममा बिक्री भएको खुसीयाली मनाउन मिक्कीले पाएन । किनकी मिक्की सन् २००७ मै परलोक भैसकेको छ ।
- See more at: http://www.onlinekhabar.com/2013/06/80213/#sthash.Gu2N4Sxj.dpuf

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID