Thursday 13 June 2013

डिस्टिङ्सन ल्याएर पनि एसएलसीमा फेल ! हेर्नुस त् भिडिओ

भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस
   
काठमाडौं, जेठ २९- मंगलबार सार्वजनिक भएको प्रवेशिकाको नतिजामा विशिष्ट श्रेणी (डिस्टिङ्सन) ल्याए पनि एक छात्र फेल भएका छन् । चितवनको नारायणगढस्थित बालकुमारी इङ्गलिस स्कुलका छात्र देवेश अधिकारी विशिष्ट श्रेणी ल्याएर पनि फेल भएका हुन् । सिम्बोल नम्बर ०३४४७३५ ‘ए’ भएका उनको सबै विषयमा राम्रो नम्बर आए पनि सामाजिकमा १८ अंक आएपछि फेल भएका हुन् ।नतिजाअनुसार देवेशको नेपाली विषयमा ७१, बाँकी ६ ओटा विषयमा ९० भन्दा बढी अंक आएको छ । फेल भएको सामाजिकको १८ अंक जोड्दा उनको ८१।७५ प्रतिशत अर्थात ६ सय ५४ नम्बर आएको छ ।

स्कुलमा सँधै प्रथम हुँदै आएका देवेशको अप्रत्यासित नतिजा देखेर उनीलगायत विद्यालयका सबै आश्चर्यचकित भएका छन् । उनीहरुले परीक्षा नियन्त्रण कार्यालयले लापरबाही गरेको हुनसक्ने आरोप लगाएका छन् । देवेसकी आमा रमा अधिकारीले नतिजाले आफुलाई चकित बनाएको बताइन् । शिक्षिका समेत रहेकी उनले यस्तो हुनै नसक्ने भन्दै परीक्षा नियन्त्रण कार्यालयले लापरबाही गरेको आरोप लगाइन् । विद्यालयका प्राचार्य ओमप्रकाश श्रेष्ठले देवेशको परीक्षाफलका आफ्नो विश्वास नरहेको बताए । देवेशले पनि आफ्नो अंक ८१ हुनुपर्ने दावी गरेका छन् ।

परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक खगराज बरालले विद्यार्थीको प्राप्ताङक सही भएको हुन सक्ने बताए । अन्य विषय राम्रो भए पनि सामाजिक राम्रो  नभएको हुनसक्ने उनले दाबी गरे । उनले कार्यालयको लापरवाही भएको आरोपको खण्डन गरे । तर विगतमा पनि यस्तो गल्ती हुँदै आएकाले यो पनि लापरबाही हुन सक्ने स्रोतको दाबी छ ।नतिजा अप्रत्यासित आएपछि देवेशले कपी रिटोटलिङ्ग गराउने भएका छन् । देवेशले टेस्ट परीक्षामा ८८ प्रतिशत अंक ल्याएका थिए ।
 देवेसको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला
भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID