Monday 17 June 2013

५० रुपैयाँका लागि ज्ञानेन्द्रलाई चप्पल हाने किशोरले


२९ जेठ, काठमाण्डौं । पूर्वाञ्चल भ्रमणमा हरेका पूर्वराजा ज्ञानेन्द्र शाहमाथि चप्पल फ्याँक्न आफूलाई केही व्यक्तिले उक्साएको बयान पक्राउ परेका किशोरले प्रहरी समक्ष दिएका छन् । प्रहरी स्रोतका अनुसार १४ बर्षका ती किशोरलाई पूर्वराजामाथि चप्पल फ्याँक्न ५० रुपैयाँ दिएको र स्थानीय होटलमा खानाको व्यवस्था गरिएको थियो ।

उमेर सानो भएका कारण प्रहरीले ती किशोरको नाम भने सार्वजनिक गरेको छैन् । तर घटनामा संलग्न व्यक्तिको विषयमा जानकारी पाइसकेको प्रहरीले बताएको छ । पूर्वाञ्चल भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्रमाथि राजविराजमा सोमबार ती किशोरले चप्पल फ्याँकेको अन्नपूर्ण पोष्टमा खबर छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID