Wednesday 26 June 2013

प्रचण्डसँगको ‘लव’ प्रसंग कोट्याउदा मुर्छा परेर हासिन रेखा

हालसालै एकीकृत माओवादीमा प्रवेश गरेकी चर्चीत अभिनेत्री रेखा थापाले पार्टीले आवश्यक ठाने चुनाव लड्न तयार रहेको बताएकी छन । चुनाव लडेमा एमाले नेता खड्ग ओलीसंग भिडने उनले बताइ सकेकी छन ।
बुधवार राती बीबीसी नेपाली सेवा संगको अन्तरवार्ताका क्रममा रेखाले चुनाव लडने संकेत गरेकी हुन ।
अभिनेत्री थापाले आफू बाल्य कालदेखी नै क्रान्तिकारी स्वभावको भएका कारण अहिले माओवादीमा प्रवेश गरेको उनले बताइन । १७ हजार व्यक्तीको रगत बगाएको पार्टी किन रोज्नु भयो भन्ने पत्रकार रवीन्द्र मिश्रको पश्नमा रेखाले माओवादी भूमिगत रहदा देखी नै आफूको मन जितेको बताइन ।
‘म बोर्डिङ पढ्न जादा स्कर्ट लगाएर जान्थे, आफ्नो बाल्यकाल कोट्याउदै रेखाले भनिन–म स्कर्ट लगाएर हिडदा अरुले सरकारी पोसाक लगाएको देख्दा ह्युमिलेसन हुन्थ्र्यो ।’ उनले महिला, बालबालिकाको पक्षमा कामगर्ने आफ्नो रुची रहेको र त्यसैकालागि एनजिओ दर्ता प्रक्रिर्या सुरु गरेको बताइन ।
अन्तरवार्ताको अन्त्यतिर रवीन्द्र मिश्रले प्रचण्डसंगको प्रेम प्रसंगको कुरा उक्काउदा रेखा लामो हासिन अनि प्रतिपश्न गरिन–‘तपाइले कस्तो प्रेमको कुरा गर्नुभएको ?’ मिश्रले अखवारमा लेखेजस्तो भनेपछि रेखा थापा फेरी हासिन ।
रेखाले मनमिल्ने सबैसं
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
(Click The Box- पुरा भिडियो तल हेर्नुहोस्)

ग आफ्नो प्रेम रहेको बताउदै भनिन–‘तपाइको प्रश्न गर्ने शैली पनि मलाइ मनपर्छ ।’ राजनीति भनेको के हो ? भन्ने पहिलो प्रश्नको जवाफमा लर्खराएपनि अधिकाशं प्रश्न खरो जवाफ फर्काएकी थिइन रेखाले ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID