Sunday 2 June 2013

अञ्जु बदनाम भइन....(भिडियो हेर्नुहोस)


पार्श्वगायिका अञ्जु पन्तलाई बदनाम गर्ने हिसाबले गलत समाचारहरू बाहिर आएको छ । अञ्जुको नाम
जोड्दै भारतिय एक जोडीको अधर चुम्बन तस्विर सामजिक सञ्जाल फेसबुक र केहि अन्य अनलाईनहरूमा छ्यापछ्याप्ती छ । यस्ता तस्वीर फेसबुकमा छाउनु कुनै नौलो कुरा हैन, छाइरहन्छन् । तर नयाँ कुरा यो छ कि तस्वीरमा अधरपान गर्ने महिला नेपाली गायिका अञ्जु पन्त हुन भनेर दावी गरिएको छ । यो तस्विरमा देखिएको नाकको नत्थी र हातमा लगाइएको औठी अन्जु पन्तसँग मिलेपछि धेरैले पन्त नै भएको अनुमान गरेका थिए । हिजो देखिनै प्रस्तुत तस्विरमा रहेकी एक महिलालाई अञ्जु पन्त भनि गलत प्रचार गरि उनको बदनाम गर्ने काम गरिएको थियो । बिशेषगरी हिजो दिनभर नै यो बिषयले ज्यादै ठूलो स्थान पायो । यसरी आफ्नो नाममा गलत समाचार र तस्विर प्रकाशित गरिदिए पछि गायिका पन्त दिनभर तनावमा रहिन् । उनले आफ्नो चरित्र हत्या गर्न खोजेको समेत बताईन् । नाकमा लगाएको नथिया र हातको औठींको भरमा सम्मानित गायिकाको बदनाम हुने गरि आएको यो समाचारले सम्पूर्ण सिने जगतलाई दुखित समेत बनाएको छ । अञ्जुको चरित्र हत्या गर्नेगरि छाएको यो तस्वीरमा देखिने युवती झट्ट हेर्दा अञ्जुजस्तै देखिएपनि अञ्जु पन्त नै भने हैनन् । यो तस्वीरु बिभिन्न भारतीय साइटमा छ्यापछ्याप्ती भेटिन्छ । भारतीय साइट अधरमानिया डटकममा पनि यो तस्वीर पहिले नै सार्वजनिक भइसकेको छ । जहाँ यो तस्वीरसहति अन्य धेरै अधरपानका तस्वीर भेटन सकिन्छ । तस्वीरमा देसीसेक्सीवेबी डट ब्लगस्पट डटकमको कपीराइट पनि उल्लेख छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID