Thursday 6 June 2013

नांगिन नदिएको विरोधमा महिलाहरुको नांगो जुलुस (फोटोफिचर सहित)

टपलेस बनेको आरोपमा तिनजना महिलाहरुलाई पक्राउ गरी मुद्दा चलाइएको विरोधमा महिला अधिकारकर्मीहरुले अर्धनग्न प्रदर्शन गरेका छन् । अफि्रकी मुलुक टयुनिसियामा अश्लीलताको आरोपमा पक्राउ गरिएका तिन जना महिलाहरुमाथि मुद्दा चलाइएको विरोधमा महिला अधिकारवादी संस्था फिमेनका कार्यकर्ताहरुले फ्रान्सको पेरिस स्थित टयुनेसियाली दुताबास अगाडि टपलेस प्रदर्शन गरेका हुन् ।

फिमेन समूहका तिन जना कार्यकर्ताहरु टयुनेसियाको न्यायालय बाहिर प्रदर्शनका क्रममा अघिल्लो महिना पक्राउ परेका थिए । ती मध्ये दुइ जना फ्रान्सेली र एक जर्मन हुन् । उनीहरुले त्यसरी प्रदर्शन गर्नुको कारण पनि आखिर त्यस्तै थियो । एक जना टयुनेसियाली महिलाले अनलाइनमा अर्धनग्न भएको आरोपमा पक्राउ गरिएपछि त्यसको विरोधमा उनीहरु न्यायालय अगाडि प्रदर्शनमा उत्रिएका थिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID