Wednesday 5 June 2013

बेलातमा बलात्कार पछि नेपाली चेलीको हत्या

बेलायतको रेडिङ सरहर नजिकै बस्दै आएकी एक नेपाली महिलाको बलात्कार पछि हत्या भएको सार्वजनिक भएको छ। पाँचथर जिल्ला थर्पु गाउ विकास समिति ६ स्थाई घर भएकी कृणमाया माबोको बेलायतको रेडिङ सहर छेउको आर्वरफिल्डमा बलात्कार पछि हत्या भएको सार्वजनिक भएको हो । रातको समयमा बाहिर निस्किएकी माबोको बलत्कार पछि हत्या भएको त्यहाँको प्रहरीले जनाएको छ । माबो आइतबार साँझ ६ बजे बाहिर निस्किएपछि मध्यरातसम्म समेत निवासमा नफिर्किपछि उनका शुभचिन्तकले उनको खोजी गर्दै त्यहाँको प्रहरीलाई जनाकारी गराएका थिए । प्रहरीको अनुसन्धान पछि उनी बस्दै आएको स्थानबाट करिब दुई माइल टाढा गहुँबारीमा सोमबार दिउसो प्रहरीले माबोको शव फेला पारेको थियो । त्यहाँको प्रहरी माबोको खोजीका लागि तालिम प्राप्त कुकुर र हेलिकप्टरका सहयोगमा रातभर खटेको थियो । रातभरमा समेत माबोलाई काही नभेटेपछि प्रहरीले सोमबार दिउसो समेत खोजी जारी राखेको थियो । त्यही क्रममा दिउसो मात्र प्रहरीले उनको शव फेला पारेको थियो ।
 
सोमबार दिउसो एक बजे माबोको शव प्रहरीले फेला पारेको जानकारी उनका श्रीमान ठलुमान माबोले दिएका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले माबोको बलात्कार पछि हत्या भएको निष्कर्ष निकालेको छ । कृष्णमायाको शव त्यहाँको एक स्थानिय अस्पतालमा राखिएको छ । एक छोरा र दुई छोरीकी आमा कृष्णमाया १२ वर्ष अघिदेखि बेलायतमा बस्दै आएकी थिइन् । उनका श्रीमान बेलायत आर्मी हुन् । बेलायतको प्रहरीले माबोको हत्यामा संलग्न भएको अरोपामा एक तीस वर्षीय युवकलाई पक्राउ गरेको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID