Wednesday 12 June 2013

नाङ्गिएका राजेश र चकलेटी आर्यनबीच भिडन्त ?


यतिबेला नायक आर्यन सिग्देल बलेका छन् । आर्यनको सिनेमा सधै जसो नै दर्शकका लागि पर्खाइमा रहेको हुन्छ । यसैले पनि नबल नेपालको निर्देशनमा कल्याण घिमिरेले निर्माण गरेको चलचित्र ‘महशुश’ दर्शकका लागि पर्खाइमा छ । केकी अधिकारी र बेनिशा हमाल पनि साथमा रहेकाले ‘महशुश’को उचाई अझ बढ्ने अपेक्षा धेरैको छ ।तर ‘महशुश’लाई दर्शकले एक्लै महशुश भने गर्न पाउने छैनन् । साउन ३२ गते चकलेटी आर्यनलाई कडा चुनौती दिन नायक राजेश हमाल भिन्न अवतारमा आउँदैछन् । उकेश दाहालको निर्देशनमा तयार भएको चलचित्र ‘किन किन’मा नायक हमाललाई २ भिन्न रुपमा देख्न सकिन्छ । एकातिर नव नायिका अरुणिमा लामाको नाङगो शरीरलाई हेर्दै हमाल चित्र कोरिरहेका हुन्छन् भने अर्कोतिर नायिका करिश्मा मानन्धरसँग ८० को दशकमा रोमान्स पनि गरिरहेका हुन्छन् ।

यो बर्षकै अपेक्षामा रहेका यि दुई सिनेमाका निर्माताहरु आ आफ्नै खालको दाबी गर्छन् । ‘महशुश’ र ‘किन किन’को विषयबस्तु फरक भएकाले पनि दर्शक आ आफ्नै खालको रहेको विश्लेषण धेरैको छ । यसैले पनि ‘किन किन’को निर्माता समेत रहेका उकेश दाहाल र ‘महशुश’का निर्माता कल्याण घिमिरे सिनेमा जुधेको खण्डमा पनि दुबैलाई असर नपर्ने दाबी गर्छन् ।

चलचित्रको पर्दा बाहिर दर्शक माँझ घेरिएपनि नायक राजेश हमाल पर्दा भित्र भने खासै चलेका छैनन् । यसैले पनि उनले ‘किन किन’लाई विशेष रुपमा लिएका छन् । अर्कोतिर नायक आर्यन सिग्देलका लागि ‘महुशश’ चल्नु जरुरी छ । गतबर्ष आर्यन अभिनित दुबै चलचित्रले हावा खाएकाले पनि ‘महशुश’ उनका लागि स्टारडम बचाउने दह्रो माध्यम हो । अब हेर्न बाँकी यति मात्र छ कि, राजेश र आर्यनको स्टारडम मध्ये जाँदु कसको चल्ने हो ?

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID