Thursday 6 June 2013

माइकल ज्याक्शनकी छोरीले गरिन् आत्महत्या प्रयास


सोमबार मात्र बलिउड नायिका जीया खानले आफ्नै घरमा आत्महत्या गरेको खबरले बलिउड मात्र हैन विश्व बजार ततायो । उनले आत्महत्या गरेको २ दिन पश्चात विश्व बजारमा पप गायन मार्फत चर्चा कमाएका गायक माइकल ज्याक्शनकी छोरीले पनि यस्तै कदम चालेको खबर सार्वजनिक भएको छ ।माइकल ज्याक्शनकी छोरी पेरिस ज्याक्शनले वुधबार बेलुकी आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । विगत केही समय देखि निक्कै तनावमा रहेकी ज्याक्शनले अत्याधिक मात्रामा स्लिपिङ ट्याबलेट खाएको बताइएको छ ।

यसपश्चात उनलाई अचेत अवस्थामा अस्पतालमा लगिएको थियो । उनको जीवन खासै राम्रो तबरले नचलेको बताइएको छ । उनले केही दिन अघि मात्र ‘आँशु किन यति धेरै नुनिलो हुन्छ’ भन्दै ट्विटरमा ट्विट गरेकी थिइन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID